बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Daily Archives: August 4, 2017

भरतपुर-१९ मा ७५.५८ प्रतिशत मत खस्यो

bharatpur

भरतपुर, २० साउन (ओएनएस) : चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मा शुक्रबार भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । विभिन्न ६ वटा मतदान केन्द्रमा गरि जम्मा २ हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । यो वडामा कुल ३७९७ मतदाता थिए । यसअघि बैशाख ३१ गते भएको निर्वाचनपछि मतगणनाका क्रममा ... Read More »

आयल निगमका निर्देशक खड्काद्वारा नागरिककर्मी पौडेललाई धम्की

Dilip paudel threath

काठमाडौं, २० साउन (ओएनएस) : नेपाल आयल निगमको जग्गा खरिदमा करोडौं अनियमितताको आरोप लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकका संवाददाता दिलीप पौडेललाई धम्की दिएका छन् । संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिदमा अनियमितता भएकोले कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि खड्काले आफ्नो करिअर सिध्याइदिएको भन्दै धम्की दिएका हुन्। रिपोर्टिङका क्रममा आपूर्ति मन्त्रालय ... Read More »

एनआरएन के हो र कसको लागि ?

Dilliram-Siwakoti-248x300

नेपालमा राजनीतिक पार्टीको उम्मेदवार हुन सहज नभएको कुरा पछिल्लो पटक भएको स्थानिय चुनावले देखाएको थियो । यस्तोमा नेताहरुलाई उम्मेदवार हुन र टिकट पाउन को लागि पैसा खर्च गर्नु पर्ने दृष्टान्तपनि देखियो । जसले गर्दा चुनावमा टिकट पाउन देखि जित्नका लागि पनि धेरै खर्च गुर्नपर्ने भएपछि भ्रष्टचारले प्रसय पाउने सम्भावना दिनप्रतिदिन बढ्दै छ । यस्तोमा राजनितीक दलले सिस्टमनै भ्रष्टचार प्रेरित बनाउन ... Read More »

जापानमा तुफानको खतरा

Noru

जापान, साउन (एजेन्सी) : गत महिना भिषण वर्षाले क्षतिग्रस्त भएको जापानमा यस वर्षकै सबैभन्दा भयानक नोरु नामक तुफान जापानको मुख्य टापुहरु नजिकिदै गएको छ । राजधानी टोकियोदेखि १३५० कि मि टाढा तथा क्युसु टापुको दक्षिणतर्फ रहेको अमामी टापु श्रृङ्खलामा शुक्रबार दिउसैदेखि उच्च हावाहुरी तथा भारी वर्षा र आगामी ४८ घण्टामा ८०० मि मि सम्म वर्षा हुनसक्ने मौसमविज्ञान विभागले जानकारी दिएको ... Read More »

पोर्चुगलबासी नेपाली नारीहरुले तीज विशेष कार्यक्रम गर्ने

teej

पोर्चुगल, २० साउन (ओएनएस) : हिन्दु धर्मावलम्वी नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा पोर्चुगलमा बसोवास गर्ने नेपाली नारीहरुले पनि यस वर्ष विशेष तीज कार्यक्रमको आयोजना गर्ने भएका छन् । नेपाली नारी समाज,पोर्चुगलले यही अगस्ट २० तारिखमा राजधानी लिस्वन स्थित मार्टिममुनिज ,पार्कमामा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएका हुन् । सम्पूर्ण पोर्चुगलबासी नेपाली नारीहरुलाई एकै ठाउँमा जम्मा भएर धित मर्ने ... Read More »

बाढीले बगाएर बालक र बृद्ध बेपत्ता, दर्जन बढी गाउँ डुबानमा

Parasi-gaun

नवलपरासी, २० साउन (ओएनएस) : नवलपरासीमा भीषण वर्षापछि आएको बाढीले एक बालक र एक बृद्ध बगेर बेपत्ता भएका छन् । जिल्लाको सिमावर्ती दक्षिणी क्षेत्रमा पर्ने झराही खोलामा आएको बाढीले पाल्हीनन्दन गाउँपालिका ३ का ११ वर्षीय कृष्ण गुप्ता र त्यहीका ६० वर्षका बृजलाल गुप्तालाई शुक्रबार बिहान साढे १० बजेतिर बाढीले बेपत्ता बनाएको हो । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जिल्ला प्रहरी ... Read More »

अपहरणमा परेको नाटक गर्दै प्रहरीलाई तनाव दिने पक्राउ

dharan

धरान, २० साउन (ओएनएस) : अपहरणमा परेको भन्दै प्रहरी र परिवारलाई तनाव दिने एक व्यक्ति उल्टै प्रहरीको फन्दामा परेका छन् । परिवार, छिमेकी र प्रहरी प्रशासनलाई चारदिनदेखि तनाव दिने धरान १७ रेल्वेका ३६ वर्षीय प्रतिमान विकलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफू अपहरणमा परेको खबर फैलाएपछि खोजतलासका लागि प्रहरी व्यापक परिचालन हुनुका साथै परिवार तथा छिमेकीहरु चिन्तामा थिए । ... Read More »

जग्गा खरिदमा अनियमितता भएको लेखा समितिकाे ठहर 

nepal oil corporation

काठमाडौं, २० साउन (ओएनएस) : व्यवस्थापिका संसदअन्तर्गतको सार्वजनिक खेला समितिले नेपाल आयल निगमले जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको ठहर गरेको छ । शुक्रबार बसेको समितिको बैठकले यसबारे विस्तृत अध्ययन गरि कारबाही अगाडि बढाउन अख्तियार दुरुपयोग आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिले निगमले विभिन्न सात प्रदेशमा तेल भण्डारणका लागि किनेको भनिएको जग्गा खरिद प्रक्रिया सार्वजनिक जग्गा खरिद ऐन कार्यान्वयन ... Read More »

बार्सिलोना छाडेपछि नेयमारले इन्स्टाग्रामबाट दिए विदाइ सन्देश

Neymar-

काठमाडौं, २० साउन (ओएनएस) : बार्सिलोनाबाट विदा भएका नेयमारले इन्स्टाग्राममा भावुक विदाई सन्देश दिएका छन् । उनी कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका छन् । कीर्तिमानी ट्रान्फरको घोषणा लगतै नेयमारले इन्टाग्राममा निकै लामो भिडियो सन्देश पोष्ट गरेका हु्न् ।  उनले आफ्ना बुबाले बार्सिलोना छाडोस् भन्ने नचाहेको भएपनि दोस्रो पटक बाबुको सहमतीबिना निर्णय लिएको बताएका छन् । ‘कुनै पनि खेलाडीलाई चुनौती चाहिन्छ’ ... Read More »

ललितपुर जिससमा कांग्रेस–माओबादी गठबन्धन विजयी

amar-khadka

ललितपुर, २० साउन (ओएनएस) : ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध निर्बाचित भएका छन् । गएकाे आइतबार खड्काबाहेक अन्यले मनोनयन दर्ता नगराएपछि उनी निर्विधराे भएका हुन् । समितिको आज भएको निर्वाचनमा उपप्रमुखमा नेकपा (माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन विजयी भएका छन् । त्यसैगरी सदस्यहरुमा काँग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र ... Read More »

'
Scroll To Top