बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

Daily Archives: August 3, 2017

रेणुलाई फेसबुकबाट गालीगलाैच गर्ने निरब धरौटीमा रिहा

nirab gyawali

काठमाडौं, १९ साउन (ओएनएस) : भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहाललाई फेसबुकबाट गालीगलौज गरेको आरोपमा पक्राउ परेका निरब ज्ञवाली आज धरौटीमा रिहा भएका छन् । उनलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णराम कोइरालाले २५ हजार धरौटीमा रिहा गरेका हुन् । निरबको तर्फबाट बहस गर्ने वकिलहरुले उनीमाथि लगाइएको अभियोग राजनीतिक उद्देश्यबाट प्रेरित रहेको र पुनः मतदानको मिति तोकिएपछि नियोजित रुपमा पूरानो उजुरीका ... Read More »

पत्रकार नबिनबाबुको निर्देशनमा बबिताकाे ‘घन्काइदेउ मादलु’

ghankai deu

काठमाडौं, १९ साउन (ओएनएस) : फोटो पत्रकार नबिनबाबु गुरुङको निर्देशनमा बनेकाे ‘घन्काइदेउ मादलु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । राजधानीमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो बिमोचन गरिएको हो । गायिका बबिता सिटौलाको स्वर रहेको गीतको भिडियोमा पार्वती राईले नृत्य गरेकी छन् । नृत्य निर्देशन तथा छायांकन नबिनले अाफै गरेका छन् । भिडियोमा मोडेल पार्वतीको बेजोड प्रस्तुति दिएकी छन् । कमल एकचै मगरले ... Read More »

पूर्वएआईजी शाह सरकारको सुरक्षा सल्लाहकार नियुक्त

surendra_ shah

काठमाडौं, १९ साउन (ओएनएस) : सरकारको सुरक्षा सल्लाहकारमा पूर्वएआईजी सुरेन्द्रबहादुर शाह नियुक्त भएका छन् । विहीबार बसेको मन्त्रीपरिषदको बैठकले गृहमन्त्री जनार्दन शर्माको सुरक्षा सल्लाहाकारमा शाहलाई नियुक्त गरेको हो ।  उनी पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालसँगै रिटायर्ट भएका थिए । उनी अब गृहमन्त्रालयमा सुरक्षा विज्ञको रुपमा काम गर्नेछन् । Read More »

बम समातेर फाल्ने प्रहरी राना सम्मानित

durga rana

काठमाडौं, १९ साउन (ओएनएस) : दोस्रो चरणको निर्वाचनका क्रममा अज्ञात समूहले मतदानस्थलमा फालेको बम समातेर अर्कैतिर फाल्ने प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर राना सम्मानित भएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको उपस्थितिमा पूर्व नेपाल प्रहरी परिवार मञ्च, बेलायतले प्रहरी सहायक निरीक्षक रानालाई बिहीबार नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मञ्चको तर्फबाट मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका ... Read More »

सन् २०५० सम्म अन्धोपन तीन गुणाले बढ्ने

eye check

काठमाडौं, १९ साउन : एउटा नयाँ अध्ययनले आगामी केही दशकभित्रै विश्वभर अन्धोपनबाट पीडित हुने मानिसको संख्या तीन गुणाले बढ्ने जनाएको छ। ‘द ल्यान्सेट’ नामक जर्नलमा छापिएको उक्त लेखमा उपचार प्रणालीमा सुधार नआए अहिले ३ करोड ६० लाख रहेको अन्धोपन पीडितको संख्या सन् २०५० सम्ममा ११ करोड ५० लाख पुग्ने भविष्यवाणी गरिएको छ। अनुसन्धानकर्ताहरुले हालैका दशकमा अन्धोपनसँग जुधिरहेका मानिसहरुको संख्या कम भइरहेको ... Read More »

सन् २१०० सम्म तापमान वृद्धिले ज्यानकै जोखिम बढ्ने

tapman

काठमाडौं, १९ साउन : वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए दक्षिण एसियाका करोडौं मानिसहरुले यसै शताब्दीको अन्त्यसम्ममा बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामाना भारत, पाकिस्तान र बांग्लादेशको ठूलो क्षेत्रले भोग्नुपर्ने वैज्ञानिकहरु बताउँछन्। उक्त अध्ययन गरेका वैज्ञानिकले उक्त खतरनाक तापलहरको जोखिममा विश्वका झण्डै ३० प्रतिशत मानिस पर्नसक्ने बताएका ... Read More »

भरुवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित एक पक्राउ

pakrau

मोरङ, १९ साउन (अाेएनएस) : मोरङमा एक जना भरुवा बन्दुक बनाउन प्रयोग हुने कच्चा सामग्री र जरायाेको खप्पर र सिङसहित पक्राउ परेका छन् । जिल्ला प्रहरीकाे टाेलीले केराबारी गाउँपालिका–५ शान्ति टोल बस्ने ६३ वर्षीय अबिलाल बिकलाई पक्राउ गरेको हाे । उनको साथबाट १४ नाल ब्यारेल, तीन थान ट्रिगर, तीन थान काठको बट, आधा लिटर हतियारको तेल र जरायाेकाे एक थान खप्पर र ... Read More »

डिआईजी सिलवालको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई साउन २६ गते

navaraj-silwal

काठमाडौं, १९ साउन (ओएनएस) : आफूभन्दा कनिष्ठ डिआईजी प्रकाश अर्याल आइजीपी बनाएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाई आज सर्बोच्च अदातलमा हेर्दाहेर्दैमा राखिएको छ । लामो समयदेखि अदालतमा पेशीमा चढ्न नसकेको मुद्दाको सुनुवाईले विहीबारदेखि निरन्तरता पाएको हो । विहीबार सिलवाल पक्षका वकिलहरुको बहस गरेका छन् । उनको पक्षमा बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की, तुलसी भट्ट, टिकाराम भट्टराई, दिपेन्द्र ... Read More »

प्रधानमन्त्रीले व्यवसायीलाई भने, ‘आफ्नो प्रमुख दायित्व पनि बुझौं’

deuba

काठमाडौं, १९ साउन (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवार व्यवसायीको प्रमुख दायित्व राज्यको नियम कानून पालना गर्नु पनि रहेको बताएका छन् । राष्ट्रिय व्यवसायी पहलद्वारा आज आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै उनले जिम्मेवार व्यवसाय भनेको केही नाफाको अंश सामाजिक कार्यक्रममा खर्च गर्नुका साथै राज्यको नियम कानून पालना गर्नु पनि रहेको धारणा राखे । उनले जिम्मेवार व्यवसायीले सामाजिक समस्याप्रति जिम्मेवार ... Read More »

रहेनन् आचार्य खेमराज केशवशरण

keshab-narayan

काठमाडौं, १९ साउन (ओएनएस) : नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको ८१ वर्षको बुधबारराति निधन भएको छ । उनको काठमाडौंस्थित सिफलमा आफ्नै निवासमा निधन भएको छोरा गिरिधर उपाध्यायले जानकारी दिए । विभिन्न रोगसँगै निमोनियाबाट ग्रसित उनलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो । यसअघि उनी चितवनको देवघाटमा बस्दै आएका थिए । उनका दुई छोरा र दुई छोरी छन् । अमेरिकामा ... Read More »

'
Scroll To Top