शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Monthly Archives: July 2017

कांग्रेसमा पूर्वमन्त्री नै अन्तरघाती ! कारवाही गर्न सिफारिस

dirgha-raj-bhat

धनगढी, १५ साउन (ओएनएस) : स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेर पार्टीलाई कमजोर पार्ने काम गरेको भन्दै कांग्रेसका पूर्वमन्त्री नै कार्वाहीका लागि सिफारिस भएका छन् । कैलालीको गोदावरी नगरपालिकामा दोस्रो चरणको निर्वाचनमा पार्टीलाई कमजोर पर्ने काम गरेको भन्दै नगर कमिटीले प्रचण्ड सरकारका वन राज्यमन्त्री दिर्घराज भाटसहित ६ जनाको कार्वाहीको लागि जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ । भाट देउवा पक्षकै नेता हुन् ... Read More »

मोरङमा १२ हजार मतदाता थपिए, पुरुष बढी

matadata morang

मोरङ, १५ साउन (ओएनएस) : मतदाता नामावली संकलनका क्रममा मोरङमा १२ हजार ८ सय ९० जना नयाँ मतदाता थपिएका छन् । शनिबारसम्म ६ हजार २८९ महिला, ६ हजार ६ सय पुरुष र एक तेस्रो लिङ्गीले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले सम्बन्धित निर्वाचन कार्यालय केन्द्रीत गरेर फोटोसहितको मतदाता नामावली संकलन ... Read More »

एमालेले १४ जिल्लामा ‘जिल्ला समन्वय परिषद्’को उम्मेदवार टुंग्यायो

काठमाडौं, १५ साउन (ओएनएस) : नेकपा एमालेले स्थानीय तह अन्तर्गत १४ जिल्लाको ‘जिल्ला समन्वय परिषद्’ का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अाइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको हो । जसअनुसार ... Read More »

भरतपुर प्रकरण : आज अन्तिम फैसला

bharatpur-mahanag_

काठमाडौं, १५ साउन (ओएनएस) : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्बोच्चले टुंग्याउँदै छ । यसअघि पटक पटक सर्दै र हेर्दाहेर्दैमा रहेको भरतपुर मुद्दाको अन्तिम फैसाला कसको पक्षमा जान्छ भन्ने चाँसोको विषय बनेको छ । न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्धा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको छ। आज निवेदकका तर्फबाट जवाफ प्राप्त भएपछि ... Read More »

एनआरएनएको सम्मेलन

nrn a

जर्मनीमा एनआरएनएको १० औँ युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन उद्घाटन गर्दै जर्मनीका लागि नेपालका राजदूत रमेशप्रसाद खनाल । तस्बीर : सरोज दाहाल Read More »

३३ किलो सुनकाण्डका आरोपी साधारण तारेखमा रिहा

shyambahadur-khatri

काठमाडौं, १५ साउन : ३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार खत्रीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ । काठमाडौं जिल्ला अदालतको आदेश बेरीतपूर्वक भएको भन्दै खत्री मुलुकी ऐन ... Read More »

दुइटै चुनाव एकैपटक गर्ने तयारी

NIRBACHAN-AAYOG

काठमाडौं, १५ साउन : सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकै पटक गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतिक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकै पटक चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकै पटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले तोकेको समयसीमा ... Read More »

घातक बन्दै मौसमी इन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो

flu-

काठमाडौं, १५ साउन : राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पिडिएम ०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङ्जाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रूप लिएपछि उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एच१एन१ पिडिएम ०९ भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् । मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङ्जाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रूप लिएको हो । रोग प्रतिरोधात्मक ... Read More »

धितोपत्र बजार : पाँच अर्ब बढीको कारोबार

share

काठमाडौँ, १४ साउन (ओएनएस) : धितोपत्र बजारमा यस साता रु ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १६ दशमलव ७५ प्रतिशत बढी हो । गत साता १६५ कम्पनीको ८७ लाख ५३ हजार ... Read More »

नयाँ दलले प्रदेश र संसदको निर्वाचनमा भाग लिन नपाउने

NIRBACHAN-AAYOG

काठमाडौं, १४ साउन (ओएनएस) : नयाँ दर्ता भएका दलले प्रदेश र संसदको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्रै प्रदेश र संसदको निर्वाचनमा भाग लिने पाउने छन् । आयोगमा दर्ता भएका दलहरुले पनि प्रदेश र संसदको चुनावका लागि फेरि दल दर्ता गर्ने पर्नेछ । निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर संविधानको धारा ... Read More »

'
Scroll To Top