शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Monthly Archives: July 2017

डा. केसी अामरण अनसन : तेस्रो दिनको वार्तापनि निष्कषविहीन

DRGovindaKC_20150330054025

काठमाडौं, १५ साउन (ओएनएस) : चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसी र सरकारी पक्षबीचको आज तेस्रो दिन भएको वार्तापनि निष्कषविहीन भएको छ । मुख्य माग दीर्घकालिन रुपमा अन्त्य गर्ने विषयमा छलफल हुन नसक्दा तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको केसीका तर्फबाट वार्ता टोलीका सदस्य डाक्टर वाईपी सिंहले जानकारी दिए । उनले सोमबार पुनः फेरि वार्ता हुने ... Read More »

दलहरुकाे तयारीविपरित निर्वाचन आयोग- दुबै चुनाव एकैसाथ असम्भव

ayodhi-pradsad-yadav-nirbachan-aayog-261548714

काठमाडौं, १५ साउन (ओएनएस) : दलहरु प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै पटक गर्ने तयारी गरिरहेका बेला निर्वाचन आयोगले भने त्यसलाई अस्वीकार गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न नसकिने बताएका छन् । संसदको सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा बोल्दै प्रमुख आयुक्त यादवले दुइवटा निर्वाचन एकै चरणमा गर्दा मतपत्र मात्रै सात ... Read More »

अाफ्नै भवन

DIG bam

महानगरीय प्रहरी बृत्त गौशलाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले । तस्बीर : नेपाल प्रहरी Read More »

राष्ट्रवादी विद्यार्थीको चेतावनी–जनक शिक्षाले नौटंकी गर्यो, अख्तियार जान्छौं’

rastrabadi student

काठमाडौं, १५ साउन (ओएनएस) : राष्ट्रवादी विद्यार्थी संघले जनक शिक्षा साम्रगी केन्द्र सानोठिमी भक्तपुरमा पाठ्यपुस्तक छपाई तथा वितरणमा व्यापक अनियमितता भएको आरोप लगाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जनक शिक्षाले नौटंकी नाच प्रदर्शन गरिरहेको आरोप लगाएको छ । संघका अध्यक्ष उज्वल पोखरेलले जनक शिक्षा अनेकौ प्रकारका अनियमितता रहेको त्यसको पर्दाफास गर्ने चेतावनी दिएका छन् । ‘वर्षौदेखिको ... Read More »

‘अपराधी समाजभित्रै लुक्छ, समाजसंग सहकार्य गर्नुको विकल्प छैन’

bambahadur bvhandari

काठमाडौं, १५ साउन (ओएनएस) : प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न समाजसंगको सहकार्यको विकल्प नभएको बताएका छन् । महानगरीय प्रहरी बृत्त गौशलाको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले प्रहरीको कार्यनीति नै जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने रहेको बताए । उनले शान्ति सुरक्षा, अपराध रोकथाम नियन्त्रण र अनुसन्धानको जिम्मा ... Read More »

बस्तु विनिमय बजारसम्बन्धी विद्येयक पारित

/fi6«klt 8f /fdj/0f ofbjaf6 ;/sf/sf] cfufdL cfly{s jif{ @)&@÷&# sf] gLlt tyf sfo{qmd k|:t't u/L ;Daf]wg ug{'x'Fb} Joj:yflksf–;+;bsf] cfhsf] ljz]if a}7s . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, १५ साउन (ओएनएस) : व्यवस्थापिका संसदको आज बसेको बैठकले बस्तु विनिमय बजारसम्बन्धि विद्येयक पारित गरेको छ । बस्तु विनिमय (कमोडिटी) बजारका सम्बन्धमा एकिकृत गर्न बनेको विद्येयक पारित भएपनि अब कमोडिटी बजार सञ्चालनको लागि कम्पनीहरुले धितोपत्र बोर्ड समक्ष अनुमतीको लागि आवेदन दिनुपर्ने भएको छ । हालसम्म कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरे पुग्ने व्यवस्था रहेको छ । कमोडिटी बजार सञ्चालन गर्ने ... Read More »

संसदमा मोदीको चुनौति– डा.केसीलाई सरकारले नै गोली हान्दियोस्, अधिकार आफै राखोस्’

amanlal modi

काठमाडौं, १५ साउन (ओएनएस) : सत्तारुढ दल नेकपा माओबादी केन्द्रका सांसद एवं प्रभावशाली नेता अमनलाल मोदीले सरकार कुनै न कुनै रुपमा चुकिरहेको बताएका छन् । व्यवस्थापिका संसदको आज बसेको बैठकमा विशेष समयमा बोल्दै नेता मोदीले कुनै पनि सरकारले आवाज मात्रै उठाउने र कार्यान्वयन नगर्ने गरेको बताए । सरकारले एकातिर बोल्ने र अर्कोतिर कानमा तेल हालेर बस्ने गरेको बताउँदै उनले अहिले डा. ... Read More »

नेपालमा लगानीबारे धेरै एनआरएनको चासो

NRN investiment ERM Frankfurt Jiba lamichhane

फ्र्यांकफर्ट, १५ साउन (ओएनएस) : गैरआवासीय नेपाली संघ (एनआरएनए) को दसौँ युरोप क्षेत्रीय बैठक तथा महिला भेलाको दोस्रो दिन नेपालमा लगानी, पर्यटन प्रवद्र्धन, नागरिकता, भाषा साहित्य, सञ्चार तथा आफ्नै विधानका बारेमा छलफल भएको छ । विभिन्न समूहमा गरिएको छलफलका आधारमा टोली नेताले आफ्नो निष्कर्ष प्रस्तुत गरेका छन् । नेपालमा लगानीका सन्दर्भमा धेरै एनआरएनहरुले चासो व्यक्त गरेका छन् । उनीहरुले लगानीको सुरक्षा र ... Read More »

संशोधन प्रस्ताव दुई दिनभित्रै निर्णयार्थ पेश हुन्छ : पुन

pun

काठमाडौं, १५ साउन (ओएनएस) : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्तावलाई एक÷दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको स्पष्ट पारेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार नै अब संशोधन प्रस्तावलाई टुंगो लगाउने निश्कर्षमा पुगिसकेका बताए । उनले प्रस्ताव फेल भएपनि राजपा चुनावमा जान तयार हुनुपर्ने बताए । ... Read More »

राजपा नेता यादवले भने, ‘खेलको नियम मान्न तयार छौं’

mahendra raya yadav

काठमाडौं, १५ साउन (ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माग गरेका छन् । राजधानीमा अाज अायाेजित एक कार्यक्रममा बाेल्दै नेता यादवले उक्त प्रस्ताव निर्णयार्थ पेश गरे आफूहरु खेलको नियम मान्न तयार रहेको समेत स्पष्ट पारे । उनले संशोधन प्रस्ताव तत्काल भोटिङमा लिनुपर्ने र त्यसबाट आएको परिणाम स्विकार ... Read More »

'
Scroll To Top