शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Daily Archives: July 28, 2017

प्रधानमन्त्रीको निर्देशनअनुसार खाल्डाखुल्डी पुरिँदैछ : मन्त्री बलायर

काठमाडौं, १३ साउन (ओएनएस) : भौतिक योजना तथा यातायात मन्त्री बिरबहादुर बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बलायरले खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री देउवाले दिएको निर्देशनअनुसार नै तिब्र गतिमा काम भइरहेको बताए । ‘सडकका खाल्डाखुल्डी पुर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाजीले निर्देशन दिएपछि अहिले धमाधमकाम भैरहेको छ’ उनले भने, ‘मन्त्रालयमा आउने ... Read More »

डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीचको बार्ता निश्कर्षविहीन

DRGovindaKC_20150330054025

काठमाडौं, १३ साउन (ओएनएस) : चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसन बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिको बार्ता आज निश्कर्षविहीन टंगिएको छ । डा. केसी अनसनमा बसेको पाँच दिनपछि भएको बार्ताका क्रममा केसीका मागबारे प्रारम्भिक छलफलमात्र भएको छ । वार्तामा सहभागी डाक्टर केसीका प्रतिनिधि वाइपी सिंहका अनुसार शनिबार पुनः वार्ता गर्ने सहमति भएको छ । डा. केसी चिकित्सा क्षेत्रको ... Read More »

भियग्राले सेक्स पावर कति बढाउछ ? हानि हुन्छ कि हुँदैन ?

viagra

एजेन्सी : भियग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढावा दिन्छ । यसले पुरुष यौनांगको मांसपेशी खुकुलो बनाइदिन्छ । जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै लट्ठीजत्तिकै कडा र दह्रो हुँदै आउँछ अर्थात् उत्तेजना पैदा हुन्छ । यौन दुर्बलताको समाधानमा सन् १९८३ मा ठूलो उपलब्धि हात लाग्यो । यसअघि यौन दुर्बलतालाई नितान्त मानसिक समस्याका रूपमा लिइन्थ्यो । सन् १९८३ मा ... Read More »

रहेनन् बलिउड अभिनेता इन्दर कुमार

inder-kumar

एजेन्सी : बलिउड अभिनेता इन्दर कुमारको शुक्रवार बिहान देहान्त भएको छ । ४४ वर्षको उमेरमा शुक्रवार बिहान २ बजे हृदयघातका कारण अँधेरीस्थित आफ्नो निवासमा मृत्यु भएको हो । उनले सलमान खानसँग ‘वान्टेड’ र ‘तुमको न भूल पाएंगे’ लगायतका फिल्ममा सँगै काम गरेका थिए । उनी हाल ‘फटी पडी है यार’ फिल्मको शूटिङ गरिरहेका थिए । इन्दरले २० भन्दा बढी फिल्महरुमा ... Read More »

नयाँ संरचनाअनुसार नेपाली सेनाका आठ पृतना स्थापना गरिने

Bhimsen-Das-Pradhan

काठमाडौं, १३ साउन (अाेएनएस) : रक्षामन्त्री भीमसेनदास प्रधानले देशको नयाँ संरचनाअनुसार नै अब नेपाली सेनाको पनि संरुचना फेरिने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री प्रधानले सात प्रदेश र काठमाडौं उपत्यकामा एक गरेर आठ स्थानमा पृतना स्थापना गरिने बताए । उनले पृतना स्थापना गर्ने कार्य अगाडि बढिसकेको समेत जानकारी दिए । कार्यक्रममा बौल्द मन्त्री प्रधानले नेपाली सेनाको सक्षम ... Read More »

चीनबाट फर्केपछि ओलीले भने–पहिले प्रतिनिधिसभाको चुनाव गरौं

KP-oli

काठमाडौं, १३ साउन (अाेएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार समय अभाव भएकाले प्रदेशसभा भन्दा पहिले गर्नुपर्ने बताएका छन् । छिमेकी चीनको तिब्बतमा एक साताको भ्रमण सकेर आज स्वदेश फर्किएका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधि सभाको चुनाव नसकेका संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने बताए । उनले एकैपटक दुबै तहको निर्वाचन गर्दा पनि एमाले रहेको समेत बताए । उनले भने, ... Read More »

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफद्वारा पदबाट राजीनामा

nawaj sarif

काठमाडौं, १३ साउन (अाेएनएस) : पाकिस्थानका प्रधानमन्दी नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् । पनामा पेपर्सले प्रधानमन्त्री शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा ... Read More »

एमाले २ नम्बर प्रदेशमा केन्द्रीत

nepal

काठमाडौं, १३ साउन (अाेएनएस) : स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणमा २ नम्बर प्रदेशमा हुने चुनावलाई लक्षित गरि एमाले शीर्ष नेताहरु त्यसतर्फ लागेका छन् । केन्द्रीय सचिवालयले महासचिव सहितका पदाधिकारी प्रदेश नम्बर २ का ८ जिल्लामा खटिने निर्णय गरेको छ । २ नम्बर प्रदेशका विभिन्न ठाउँमा केन्द्रीय सचिवालय खोलेर नेताहरु खेटिन लागेका हुन् । एमालेले प्रदेश नं। २ को वीरगञ्ज, जनकपुर ... Read More »

डा. केसीका प्रतिनिधि र सरकारी बार्ता टोलीबीच वार्ता हुँदै

dr kc

काठमाडौं, १३ साउन  : चिकित्सा क्षेत्र सुधारका लागि पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागका सम्वन्धमा छलफल गर्न आज सरकारी बार्ता टोली र केसीका प्रतिनिधिहरुबीच बार्ता हुँदैछ । डा.केसीका मागका सम्बन्धमा छलफल गर्न विहीबार बसेको मन्त्रिपरिषदको बैठकले बार्ता टोली गठन गरेको थियो । शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा गठित वार्ता टोली केसीका प्रतिनिधिबीच आज विहान ११ बजेका लागि छलफलको समय तोकिएको ... Read More »

पर्वमा मनपरी, मिथिलाञ्चलमा मनाइएन आज रक्षाबन्धन

doro-purnima

काठमाडौं, १३ साउन  : देशका अन्य विभिन्न ठाउँमा जनैपुर्णिमा र नागपञ्चमी एकै दिन मनाइरहेको बेला मिथिलाञ्चल क्षेत्रमा भने आज रक्षाबन्धन अर्थात जनैपुर्णिमा मनाइएन । यहाँ साउन २३ गते सोमबार पुर्णिमाको दिन यो पर्व मनाइने भएको छ । पञ्चांग निर्णायक समिति काठमाण्डौंले यस वर्ष रक्षाबन्धन पर्व नागपञ्चमीको दिन आज साउन १३ गते शुक्रबारकै दिन मनाउन भनेको भएपनि यहाँ त्यसाे भएन । काशी विश्वविद्यालय, दरभंगा ... Read More »

'
Scroll To Top