शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Daily Archives: July 18, 2017

सेयर बजारमा हरियाली, एक अर्ब २१ करोड बढीको कारोबार

share bazar

काठमाडौं, ३ साउन (ओएनएस) : नयाँ आर्थिक वर्ष सुरु भएसंगै सेयर बजारमा हरियाली छाएको छ । नेपालको पूँजि बजारमा नयाँ आर्थिक बर्ष सुरु भएको तेस्रो दिन मंगलबार उच्च अंकले वृद्धि भएको छ । मंगलबार बजार ३४.२६ अंकले बढेको छ भने बजार एक हजार ६ सय ३८.४१ अंकमा पुगेको छ । एक सय ५५ कम्पनीको १९ लाख ३५ हजार ५ सय ९० ... Read More »

माओवादी केन्द्र सचिवालय बैठक : जम्बो केन्द्रीय समिति विघटनको माग

Maoist-Meeting

काठमाडौं, ३ साउन (ओएनएस) : राजधानीमा जारी नेकपा माओबादी केन्द्र सचिवालको बिस्तारी बैठकमा ४ हजारको केन्द्रीय समिति विघटन गरिनुपर्ने माग उठेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको सचिवाल बैठकमा बोल्ने अधिकांशले जम्बो केन्द्रीय समिति विघटन गर्न माग गरेका हुन् । बैठकमा बोल्ने अधिकांश नेताहरुले ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति बनाइनुपर्ने र त्यही महाधिवेशन आयोजक समितिले केन्द्रीय समितिको काम गर्ने ... Read More »

संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा राष्ट्रबादी सडकमा

rpp_rastrabadi_prakash_chandra_lohani

काठमाडौं, ३ साउन (ओएनएस) : राप्रपाबाट विद्रोह गरेर बाहिरिएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले मंगलबार राजधानीमा संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै प्रदर्शन गरेको छ । एकीकृत राप्रपा राष्ट्रबादीले मंगलबार काठमाडौको बबरमहलबाट निकालेको र्याली माइतीघर मण्डलामा पुगेर सभामा परिणत भएको थियो । सभालाई एकीकृत राप्रपा राष्ट्रबादीका नेता डा प्रकासचन्द्र लोहनी, नेता केशरबहादुर विष्ट, तारानाथ लुइटेललगायतले सम्बोधन थिए । Read More »

भानु देउवा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त

bhanu-deuwa

काठमाडौं, ३ साउन (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाको निजी स्वकीय सचिव रहेका भानु देउवा प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् । देउवा प्रधानमन्त्री बन्नु अघि भानुले सहयोगीको सबै काम गर्दै आएका थिए । देउवाले मंगलबारै नै विरेन्द्र थापालाई पनि स्वकीय सचिव नियुक्त गरेका छन् । यसअघि प्रधानमन्त्री देउवाले केशव जोशीलाई स्वकीय नियुक्त गरेका थिए । यस्तै, गोविन्द परियारलाई वरिष्ठ सञ्चारविज्ञ का ... Read More »

अब स्थानीय तहको केन्द्रबाटै मतदाता नामावली संकलन

NIRBACHAN-AAYOG

काठमाडौं, ३ साउन (ओएनएस) : निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । यसबारे आयोगले निर्णय लिइरहेको आयोगका एक अधिकारीले जानकारी दिए । निर्वाचन आयोगले साउन १ गतेदेखि जिल्ला सदरमुकामबाटै फाटो सहितको मतदान नामावली संकलन कार्य सुरु गरेपनि केन्द्रबाटै संकलन गर्नुपर्ने आवाज उठेपछि आयोगले नयाँ निर्णय लिने तयारी गरेको हो । राजनीतिक दलहरुले पनि सदरमुकामबाट ... Read More »

बालिकालाई बसभित्रै बलात्कार गरेको आरोपमा सहचालक पक्राउ

भक्तपुर, ३ साउन (ओएनएस) : गत असारमा बसभित्रै १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । उप्रेतीले गत असार १८ गते रामेछाप मन्थली–४ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने बालिकालाई सूर्यविनायक नगरपालिका–३ बालकोट रागिनी हाईटमा बसभित्र ... Read More »

संशोधन प्रस्ताव निर्णयार्थ पेश नभए संसद छोडेर सडकमा जान्छौं : यादव

np, raghubir, yadav

काठमाडौं, ३ साउन (ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपालका नेता रामनरेश राय यादवले संसदनमा विचाराधिन संविधान संशोधन प्रस्ताव तत्काल निर्णयार्थ पेश नभए व्यवस्थापिका–संसद छोडेर सडकमा जाने चेतावनी दिएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता यादवले संशोधन प्रस्ताव तत्काल निर्णयार्थ प्रस्तुत नगरे आफूहरु संसद छोडेर सडकमा जाने चेतावनी दिए । उनले भने, ‘संशोधन प्रस्तावतत्कालभोटिङ्मा लैजानुपर्छ, हामीभोटिङ्बाट आउने परिणाम स्विकार ... Read More »

कर्णालीमा छाउपडी कुप्रथा : अझै घर भित्रै छिर्दैनन् ७७ प्रतिशत महिला

chhaupadi

काठमाडौं, ३ साउन (ओएनएस) : कर्णाली अञ्चलका जिल्लामा अझै ७७ प्रतिशत महिलाहरु महिनावारी भएको बेला घर भित्र प्रवेश नगर्ने गरेको एक अध्ययनले देखाएको छ ।  छाउपडी कुप्रथा न्युनिकरणको क्षेत्रमा काम गर्दै आएका ‘एक्सन वक्र्स’ र ‘बी ग्रुप’ नामक संस्थाहरुले गरेको एक अध्ययनले अझै पनि कर्णाली अञ्चलमा छाउपडी प्रथा भयावह अवस्थामा रहेको तथ्य बाहिर ल्याएको हो । यी दुई संस्थाले संयुक्त ... Read More »

भूकम्प प्रभावितको खाद्यान्न कुहियो

food

गोरखा, ३ साउन (ओएनएस) : उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको पाइएको छ । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासँगको साझेदारीमा दाल र चामल गाउँमा लागि पुर्याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा खाद्यन्न अन्तिममा कुहिन पुग्यो । सोमबार उहिया र ... Read More »

मेयरको कार्यकक्षमा वडा अध्यक्षहरुद्वारा तालाबन्दी

nawalparasi_district

परासी, ३ साउन (ओएनएस) : नवलपरासीको कावासोती नगरपालिकाको मेयर उपमेयर तथा कार्यकारी अधिकृतको कार्यकक्षमा वडा अध्यक्षहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । नेकपा एमालेका तर्फबाट निर्वाचित मेयर, उपमेयरले बहुमतका आधारमा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम र बजेट ल्याएको भन्दै नगरपालिकाका ९ वटा वडाका वडा अध्यक्षहरुले नै तालाबन्दी गरेका हुन् । नगरको मेयर चन्द्रादेवी पुनले नगरपालिकाको प्रथम नगरसभामा काँग्रेस र माओबादी केन्द्रका ... Read More »

'
Scroll To Top