शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Daily Archives: July 12, 2017

चूडामणि शर्मालाई अदालतमा उपस्थित गराउन आदेश

chudamani-sharma

काठमाडौं, २८ असार (ओएनएस) : सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई शुक्रबार लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफसहित महान्यायाधिवक्ता कार्यालयमार्फत शुक्रबार बिहान साढे १० बजे उपस्थित हुन आदेश दिएको हो । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बन्दीमा रहेका शर्माको स्वास्थ्य परीक्षण ... Read More »

साढे ४९ लाख प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ

money

काठमाडौं, २८ असार (ओएनएस) : भारतले प्रतिबन्ध गरेको ४९ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले राजधानीको खुशीबु लिङ्क रोडबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसधान व्युरोको प्रहरी टोलीले रामेछाप खाँडादेवी गाउँपालिका–८ का ३७ वर्षीय मानबहादुर लामा र काठमाण्डौ महानगरपालिका–१५ का ३० वर्षीय अमित डंगोल पक्राउ गरेको छ । बिगत केही समयदेखि अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्यका साथ प्रतिबन्धित रुपैयाँको ... Read More »

बालक हत्या अभियोगमा दुर्इ जना पक्राउ

Dang

दाङ, २८ असार (अाेएनएस) : तुल्सीपुर उपमहानगरपालिका–६ घोराही रोड स्थित भारत मोतीहारी जिल्ला आधापुर थाना विष्णु पुरवा घर भएका ४२ वर्षीय समिम अन्सारीको ११ वर्षीय छोरा शाहा पुदिन अन्सारीको हत्या गरेकाे अाराेपमा दुर्इ जना पक्राउ परेका छन् ।  हत्या अाराेपमा प्रहरीले समिमको पसलमा काम गर्ने भारत मोतीहारी आधापुर थाना बरुवा गाँउ घर भएका १७ वर्षीय चाँद खान र सोही ठाउँ घर ... Read More »

तुलसीपुरका व्यापारीसंगै अपहरणमा परेका घर्तीको शव फेला

Dang

दाङ, २८ असार (ओएनएस) : तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको शव बुधबार सल्यानमा फेला परेको छ । व्यापारी हत्यामा संलग्नहरु व्यक्तिहरुको बयानका आधारमा प्रहरीले रणबहादुरको सल्यानको छत्रेश्वरी–४ झिम्पेमा फेला पारेको हो । व्यापारी श्रेष्ठको शव यसअघि सोही ठाउँमै फेला परेको थियो । श्रेष्ठको हत्या गर्ने समूहले नै घर्तीको हत्या गरेको पुष्टि भएको छ । अपहरण गरी हत्या गरेका ... Read More »

रानीबारी हत्याकाण्ड : अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको सजाय

gurung and chauhan

काठमाडौं, २८ असार (ओएनएस) : रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । बुधबार न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले अभियुक्त मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो । करिब १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न मनराज र प्रमेश दुई वर्ष अघि मात्रै पक्राउ परेका थिए । हत्याकाण्डका योजनाकार भने ... Read More »

मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दरको प्राथमिकतामा खानेपानी

madansundar

भक्तपुर, २८ असार (ओएनएस) : मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रको समग्र विकासका लागी जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुरथिमि क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताए । नगर क्षेत्रको समग्र ... Read More »

झापामा १७८ जनाको जमानत जफत

jhapa

भद्रपुर, २८ असार (ओएनएस) : दोस्रो चरणको निर्वाचनमा झापामामा १७८ जनाको जमानत जफत भएको छ । आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि ३ हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो । सो निर्वाचनमा जिल्लाका ... Read More »

बुढीगण्डकी जलविद्युत आयोजना : बाबुरामले देउवालाई बुझाए ज्ञापनपत्र

GyapanPatraToPM-Asar28

काठमाडौं, २८ असार (ओएनएस) : नयाँ शक्ति नेपाल पार्टीले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चीनको गेजुवा ग्रुप कम्पनीसंग गरेको सम्झौता तुरुन्त खारेज गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई १३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमार्फत आयोजना निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिशपर्धा गराएर नेपालले आफू निर्माण गर्नुपर्ने माग गरिएको ... Read More »

भ्यू टावर निर्माता कम्पनीसंगको सम्झौता रद्द गर्दै काठमाडौं महानगर

view tower

काठमाडौ, २८ असार (ओएनएस) : काठमाडौँ महानगरपालिकाले काठमाडौं भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै सम्र्झाता रद्द गर्न लागिएको हो । काठमाडौं भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले लक्ष्य अनुसार काम नगरेको र अहिलेसम्म कुनै प्रगति विवरण नदिएको भन्दै महानगरले सम्झौता रद्द गर्न लागेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र ... Read More »

अब विदेशमा मृत्यु भएका परिवारलाई ७ लाख क्षतिपूर्ति

Baidesik-Rojgar

काममाडौं, २८ असार (ओएनएस) : वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई अब ७ लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । अहिले दिइँदै आएको ३ लाख रुपैयाँमा सरकारले ४ लाख थप्ने निर्णय गरेपछि अब जम्मा ७ लाख क्षतिपूर्ति दिइने भएको हो । यसै साताभित्र यो निर्णय राजपत्रमा प्रकाशित हुने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए । उनका ... Read More »

'
Scroll To Top