शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Daily Archives: July 11, 2017

वैदेशिक रोजगार व्यवसायीमा चुनावी सरगर्मी, ढकाल र गुरुङ प्यानल मैदानमा

Rohan Gurung speaks during an interaction program at the Reporters' Club Nepal on Tuesday, July 11, 2017. Photo Courtesy: Dil Kumar Ale Magar

काठमाडौं, २७ असार (ओएनएस) : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं चुनावी साधारण सभा नजिकिँदै गएपछि व्यवसायीमा चुनावी सरगर्मी बढेको छ । साधारणसभाको पूर्वसन्ध्यामा लोकतान्त्रिक र प्रगतिशिल प्यानलका प्रतिनिधिले आ–आफ्नो जीत सुनिश्चत भएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रगतिशिल प्यानलबाट अध्यक्षका प्रत्यासी रोहन गरुङले आफ्नो प्यानल ७५ प्रतिशत मतले विजयी हुने दाबी गरे । ... Read More »

मैत्रीपूर्णखेलमा नेपालसंग बंगलादेश पराजित

football

काठमाडौं, २७ असार (ओएनएस) : नेपाल र बंगलादेशबीच मंगलबार भएको २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई १ शून्यले पराजित गरेको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपाललाई जित दिलाउन २० औं मिनेटमा कप्तान विमल घर्तीमगरले गोल गरे । अन्जन विष्टको पासलाई घर्तीमगरले गोल गरे । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास ... Read More »

चक्रपथ क्षेत्रमा टिप्पर, ट्रक सञ्चालनमा रोक, समय तोकियो

tippar

काठमाडौं, २७ असार (ओएनएस) : सरकारले बुधबारदेखि लागू हुनेगरि काठमाडौंको चक्रपथ क्षेत्रमामा चल्ने ट्रक, मिनी ट्रक र टिप्पर सञ्चालनलाई व्यवस्थित गरेको छ । बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा यी साधन सञ्चालनमा रोक लगाइ्ने छ । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासंघको मंगलबार यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले ... Read More »

गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

janardan-sharma

काठमाडौं, २७ असार (ओएनएस) : गृहमन्त्री जनार्दन शर्मा मंगलबार सार्क गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन श्रीलंका प्रस्थान गरेका छन् । बैठकमा मन्त्री शर्माले नेपालको समसामयीक गतिविधी, प्राप्त उपलब्धिलगायतबारे भइरहेको कामको जानकारी दिनेछन् । बैठकमा आतंकवाद, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार, लागुऔषध ओसारपसार, साइबर क्राइम लगायत विषयमा पनि छलफल हुनेछ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले भने, ‘अपराध नियन्त्रणमा ... Read More »

हवल्दार रानालाई १५ सय रुपैयाँ दिएको हल्ला मात्रै हो : गृहमन्त्री

police durgabahadur

काठमाडौं, २७ असार (ओएनएस) : गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई १५ सय रुपैयाँसहित पुरस्कृत गरेको भन्ने समाचारको खण्डन गरेका छन् । उनले रानालाई आफूले नभई महानगरीय प्रहरी प्रभागले सम्मान गरेको बताएका छन् । उनले आफूले रानालाई भेट्न बोलाएको भएपनि गृहमन्त्रीले १५ सय रुपैयाँ दिएको भनेर प्रचार गरिएकोमा दुःख व्यक्त गरे । यसरी गलत प्रचार गरेर प्रहरी हवल्दार ... Read More »

हस्तक्षेपकारी परिपत्रप्रति गाउँपालिका प्रमुखद्वारा विरोध

Gaunpalika-Meeting--766x1024 (1)

काठमाडौं, २७ असार (अाेएनएस) : सरकारले संविधानप्रदत स्थानीय तहका अधिकारहरू कुण्ठित हुने गरी परिपत्र जारी गर्ने काम भएकोप्रति प्रदेश नं ३ र ४ का गाउँपालिकाका अध्यक्षहरूले विरोध जनाएका छन् । साविकको गाविस महासंघको नयाँ गाउँपालिका संयोजन समितिको काठमाडौं र पोखरामा बसेको छुट्टाछुट्टै भेलाले संविधानले स्थानीय सरकारलाई दिएका जिम्मेवारी र अधिकारको मर्म प्रतिकूल हुने गरी सरकारबाट विभिन्न विषयमा अदेश तथा परिपत्र जारी ... Read More »

व्यापारी हत्या प्रकरण : मुख्य योजनाकार राजधानीबाट पक्राउ

Khum-Kc

काठमाडौं, २७ असार (ओएनएस) : दाङ तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठलाई अपहरण गरी हत्या गर्ने समूहका मुख्य योजनाकार मंगलबार काठमाडौंबाट पक्राउ परेका छन् ।  महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले मुख्य योजनाकार खुमबहादुर केसीलाई आज दिउसो ३ बजेको समयमा बालाजुस्थित उनकै डेराबाट पक्राउ गरेको हो । पक्राउ परेका केसीलाई दाङ प्रहरीको जिम्मा लगाइने छ । यसअघि जिल्ला प्रहरी कार्यलय दाङले घटनामा ... Read More »

मन्दिरको नयाँद्वार निर्माण विवाद : छलफलमा उपस्थित हुन उच्च अदालतको आदेश

jaleshwar

महोत्तरी, २७ असार (ओएनएस) : जलेश्वरनाथ मन्दिरको सिंहद्वार भत्काएर नयाँद्वार बनाउन लागिएको बिषयमा अन्तरिम आदेशको छलफलका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदसँगै अध्यक्ष रामकुमार शर्मासहितका सरोकारवालालाई उच्च अदालत जनकपुरले उपस्थित हुन आदेश दिएको छ । जलेश्वर नगरपालिका १ का रामविलाश साहले दायर गरेको निषेधाज्ञा र परमादेश सम्बन्धी रिटमा न्यायाधीश खुशीप्रसाद सारुको एकल इजलासले सरोकारवालाहरुलाई साउन ५ गते छलफलमा बोलाउने आदेश भएको ... Read More »

मूख्यसचिव सुबेदीको आज विदाई हुँदै

Dr-Somlal-Subedi

काठमाडौं, २७ असार (ओएनएस) : नेपाल सरकारका मूख्यसचिव सोमलाल सुबेदीको मंगलबार विदाई हुँदैछ । आज चार बजे बस्ने सचिवहरुको बैठकबाटै मूख्यसचिव सुवेदीको विदाई हुन लागेको हो । आफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसयाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको विदाई गर्न लागिएको हो । मूख्यसचिव सुवेदी एडिबीको वैकल्पिक निर्देशकका रुपमा साउन १ गतेखि ... Read More »

दशैंसम्म मेलम्चीको पानी काठमाडौं पुग्न कठिन

melamchi

काठमाडौं, २७ असार (ओएनएस) : आगामी दशैंसम्म काठमाण्डौंबासीको घर–घरमा आइपुग्ने भनिएको मेलम्ची नदीको पानी आउन त्यो भन्दा केही महिना ढिलो हुन सक्ने देखिएको छ। सरकारले उक्त समयसीमा हालसम्म कायमै राखे पनि त्यतिञ्जेलमा पूरै सुरुङ्ग खन्न सकिने सम्भावना कमै रहेको अधिकारीहरु नै स्वीकार्छन्।तर सुरुङ्ग, पाइपलाइन तथा पानी प्रशोधनको काम ९० प्रतिशतभन्दा धेरै सकिएको उनीहरुको भनाइ छ। कहाँ पुग्यो काम ? सोमबारसम्मको आँकडा ... Read More »

'
Scroll To Top