शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

Daily Archives: July 3, 2017

घोहारी उपमहानगरमा एमाले विजयी, नरुलाल चौधरी बने मेयर

neru-lal-sita-neupane-copy

घोराही, १९ असार (ओएनएस) : दाङको घोराही उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । घोराहीको मेयर र उपमेयर एमालेको पोल्टामा गएको छ । एमालेका नेता नरुलाल चौधरी २२ हजार ३० मतसहित उपमहानगरपालिकाको मेयर पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे । तेस्रोमा रहँदै माओवादीका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका ... Read More »

रमेश लेखकको गृहनगरमा युवा संघका सचिव चन्द विजयी

ashok chand

कञ्चनपुर, १९ असार (ओएनएस) : नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले मतदान गरेको कञ्चनपुरको बेदकोट नगरपालिकामा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा युवा संघका केन्द्रीय सचिव अशोक चन्द ६ हजार ४२४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भोजराज बोहोराले ६ हजार मत पाए । उपमेयरमा पनि एमालेकै सुशीला सिंह ६ हजार ८६५ मतसहित विजयी भइन् । उनका ... Read More »

बाजुरामा कांग्रेस पहिलो, ६ तहमा कांग्रेस, तीनमा एमाले

Congress-flag_20100916083452

बाजुरा, १९ असार (ओएनएस) : स्थानीय तह निर्वाचनमा बाजुरामा बढी सिट जितेर कांग्रेस पहिलो भएको छ । जम्मा नौवटा स्थानीय तह रहेको बाजुरामा ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भएको छ । कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिकामा जित हात पारेको छ । जसमा बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी भएको हो ... Read More »

भीम रावलको गृहनगर साँफेबगरकाे मेयर बने कुलबहादुर कुँवर

kulbahadur kunwar]

अछाम, १९ असार (ओएनएस) : एमाले उपाध्यक्ष भीम रावलको गृहनगर अछामको साँफेबगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेले मेयर र उपमेयरमा जितेको हो । एमालेका प्रदेश संगठन कमिटी सदस्य समेत रहेका कुलबहादुर कुँवर ५ हजार ८३८ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका ध्वजबहादुर कुँवरले ५ हजार ४१२ मत ल्याए । उपमेयरमा एमाले जिल्ला सचिवालय सदस्य ... Read More »

कैलालीको गौरीगंगाका मेयर बने एमालेका देउवा

bhim deuba 1

कैलाली, १९ असार (ओएनएस) : कैलालीको गौरीगांगा नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेका भीमबहादुर देउवा ५ हजार ८९१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेलले ५ हजार ८३० मत ल्याए । यहाँ कांग्रेसका दिनेश जोशी ५ हजार २९२ मत ल्याएर तेस्रो स्थानमा रहे । उपमेयरमा पनि एमालेकी अञ्चला चौधरी विजयी भएकी छन् । ... Read More »

रुपन्देहीका सात तहको अन्तिम मतपरिणाम : नयाँ शक्ति–फोरम अगाडि

baburam-upendra

रुपन्देही, १९ असार (ओएनएस) : रुपन्देहीमा रहेका १६ स्थानीय तहमध्ये विभिन्न सात तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । नतिजा सार्वजनिक भएका सात तहमध्ये नयाँ शक्ति–संघीय समाजबादी फोरम गठबन्धनले बढी स्थानमा जित हात पारेको छ । फोरम–नयाँ शक्ति गठबन्धनले मर्चवारी, गैडहवा र रोहिणी गाउँपालिका जितेको छ । बाँकी चार तहमध्ये दुई तह जित्दै एमाले दोस्रो स्थानमा छ भने कांग्रेस र ... Read More »

बुटवल उपमहानगरमा मतान्तर फराकिलो पार्दै एमाले

butwal 1

बुटवल, १९ असार (ओएनएस) : बुटवल उपमहागनरपालिकामा नेकपा एमालले क्रमशः मतान्तर बढाउँदै गएको छ । पछिल्लो मतगणनाअनुसार एमालेका उम्मेदवार शिवराज सुवेदीले १ हजार ५१६ मतले अग्रता लिएका छन् । उनले १३ हजार ५२ मत प्राप्त गरेका छ भने कांग्रेस–माओबादी केन्द्र गठबन्धनको तर्फबाट कांग्रेसका खेलराज पाण्डे ११ हजार ५ सय ३६ मत प्राप्त गरेका छन् ।  यसअघिको सार्वजनिक भएको मतपरिणाममा १ ... Read More »

राष्ट्रपति भण्डारीको गृहनगर रतुवामाईमा कांग्रेस विजयी

congress

काठमाडौं, १९ असार (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारी तथा स्व. मदन भण्डारीको घर रहेको रतुवामाई नगरपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रविन राईले ९ हजार ८ सय ९५ मत ल्याएर जितेका छन् । उनका प्रतिद्वन्द्वी एमाले उम्मदेवारले ८ हजार १ सय मत ल्याए । एमाले सांसद ... Read More »

चट्याङ लागेर दुई जनाको मृत्यु

chatyang-300x237

रौतहट, १९ असार (ओएनएस) : रौतहटको गढिमाई गाँउपालिका ६ धरमपुरमा आइतबार राति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर स्थानीय ४५ वर्षीय विश्वनाथ राय यादव र १७ वर्षीय सरोज यादव छन् । खेतमा भैंसी चराउदै गरेका यादवलाई राति करिव ८ बजे चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । Read More »

बिराटनगर महानगरमा मतान्तर बढाउँदै कांग्रेस, पछ्याउँदै एमाले

Biratnagar-

बिराटनगर, १९ असार (ओएनएस : बिराटनगर महागनरपालिकामा गठबन्धन दलहरुसंग एक्लै प्रतिशपर्धामा रहेको नेपाली कांग्रेसले मत अन्तर फराकिलो पार्दै गएको छ । कांग्रेसका उम्मेदवार भीम पराजुली आफ्ना निकटतम प्रतिद्वन्द्वी एमाले–लोकतान्त्रिक फोरमका बिनोद ढकाल भन्दा १ हजार ९ सय बढी मतले अगाडि पुगेका छन् । पछिल्लो मत परिणामअनुसार पराजुलीले ६ हजार २६३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी बिनोद ढकालले ४ हजार ३५७ ... Read More »

'
Scroll To Top