बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

Monthly Archives: July 2017

भुटानी शरणार्थीले पाँच बुँदे माग अघि सार्यो (विज्ञप्तिसहित)

sharma ji

काठमाडौं, १६ साउन (ओएनएस) : भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकार समक्ष पाँच बुँदे माग अघि सारेको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुकमा जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतकामागहरु अघि सारेको छ । कार्यक्रममा बोल्दै माओबादी केन्द्रका सांसद अनमनलाल मोदीले शरणार्थीहरुको समस्या जतिसक्दो चाँडो समाधान गर्नको लागि सरकारलाई आग्रह गर्ने आश्वासन दिएका छन् ... Read More »

भरतपुर प्रकरण : एमालेले भन्यो–सर्बोच्चको फैसला दुखद् (विज्ञप्तिसहित)

uml-meeting-

काठमाडौं, १६ साउन (ओएनएस) : प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसला गलत भएकाे निश्कर्ष निकालेकाे छ । एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले भरतपुर प्रकरणमा पुनः मतदान गर्न फैसला गर्नु दुखद् भएको जनाएको छ । बैठकले सर्वोच्चको फैसलालाई लिएर विशेष प्रस्ताव नै पास गरेको छ । आफू हार्ने भएपछि माओवादी प्रतिनिधिले मतपत्र ... Read More »

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सफाई अभियान सकियो

sharma ji

काठमाडौं, १६ साउन (अाेएनएस) : एक महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा सरसफाई अभियानको सोमबार समापन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)ले सुरु गरेको उक्त अभियान एक महिनापछि सकिएको हो । सोमबार राजधानीका एक कार्यक्रमको आयोजना गरि सफाई अभियान सकिएको घोषणा गरिएको छ । समापन कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, सफाई अभियन्ता खेम शर्मालगायतको सहभागिता ... Read More »

भरतपुर १९ मा पुनः मतदानको मिति तोक्न निर्देशन

NIRBACHAN-AAYOG

काठमाडौं, १६ साउन (ओएनएस) : निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा हुने पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाईर् निर्देशन दिएको छ । वडा नंं १९ का सवै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन निर्देशन दिएको हो । भरतपुर १९ को मत गणना चलिरहेका बेला जेठ १४ गते ... Read More »

सेयर बजार : नेप्से र कारोबारमा सुधार

nepse

सोमबार, १६ साउन (ओएनएस) : सेयर बजारमा आज नेप्से र कारोबार दुवैमा सुधार आएको छ । नेप्से ९.४१ अंकले बढ्दा एक अर्ब ४ करोड १३ लाख ९७ हजार ५ सय २५ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ५५ वटा कम्पनीको १६ लाख ४८ हजार ३ सय ६२ कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्सेमा हरियाली छाएको छ ... Read More »

‘मसंग छ खाली जून’ युटुबमा (गीतसहित)

khali jun

काठमाडौं, १६ साउन (ओएनएस) : प्रेममा आधारित मर्मस्पर्शी शब्द रहेको ‘मसंग छ खाली जून’ बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ । अभिशेख श्रेष्ठको स्वरमा रहेको गीत युटुबबाट अभियो तथा शब्दचित्रमा पाउन सकिन्छ । सरोज गैरेको शब्दमा बनेको गीतमा संगीत पनि अभिशेखकै छ । सुभाषित एल्बममा समेटएको मर्मस्पर्शी शब्दसहितको गीतलाई संगीत संयोजनले थप राम्रो बनाएको छ । सन्जीभ बराइलीको एरेन्जमा बनेको ... Read More »

घर बनाउँंदै हुनुहुन्छ भने हाेसियार, क्यान्सर लाग्ला !

cancer2

काठमाडौं, १६ साउन (ओएनएस) : सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइका साथ रोक लगाउने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो । विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने भएको हो । यसकाब लागि विभागले सबै ... Read More »

जिसस निर्वाचनमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने सहमती

deuba-prachanda

काठमाडौं, १६ साउन (ओएनएस) : प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो । प्रदेश नं २ बाहेकका ... Read More »

डोलेश्वरमा तेस्रो सोमबार भक्तजनको भीड

doleshwar

भक्तपुर, १६ साउन (ओएनएस) : केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको तेस्रो सोमबार भक्तजनको भिड अत्याधिक रहेको छ । भगवान् शिवको आराधना, तीर्थ र व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले साउन महिनाको तेस्रो सोमबार भक्तजनहरुको चाप अत्याधिक रहेको बताए । उनले मन्दिरको गुरुयोजना ... Read More »

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय सम्मेलन विभिन्न निर्णय गर्दै सकियो

nrna

फ्यांकफर्ट, १६ साउन (ओएनएस) : १० औं गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ८ औं यूरोपियन क्षेत्रीय महिला सम्मेलन विभिन्न निर्णयाहरु गर्दै सम्पन्न भएको छ । जुलाई २९ र ३० गरि दुईदिनसम्म चलेको सम्मेलनमा संघमा आबद्ध विभिन्न देशमा रहेका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा रह्याे । सम्मेलनले गैरआवासीय नागरिकलाई ऐन बनाएर नागरिकता प्रदान गर्न नेपाल सरकारसंग आग्रह गरेको छ । त्यस्तै, सम्मेलनले ... Read More »

'
Scroll To Top