बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

Daily Archives: January 11, 2017

राष्ट्रिय बिदाको पुनरावलोकन गर्ने मन्त्रिपरिषदको निर्णय

prachand- cabinet

काठमाडौं, २७ पुस (ओएनएस) : सरकारले राष्ट्रिय बिदाकाे पुनरावलोकन गर्ने भएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृहमन्त्रालयलाई १ महिनाको समय दिइएको सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने ? भन्नेबारे सुझाव पेश गर्न गृहमन्त्रालयलाई १ महिनाको समय दिइएको ... Read More »

चरेश र डेढ लाख भारतीय रुपैयाँसहित चार जना पक्राउ

arest

काठमाडौं, २७ पुस (ओएनएस) : प्रहरीले लागूऔषध चरेश र डेढ लाख भारतीय रुपैयाँसहित धादिङबाट ४ जनालाई पक्राउ गरेको । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले ४० किलोग्राम चरेश र १ लाख ६१ हजार २ सय भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भुमेस्थान–७ सिम्ले बस्ने शम्भु रिजाल, भारतीय नागरिक अकलेशकुमार भगत, सन्तोष पासवान र बिट्ट भन्ने मधु गिरी रहेको ... Read More »

अन्ततः बर्खास्त भए सीईओ ज्ञवाली, डा. पोख्रेल नियुक्त

Sushil and  Govinda Pokhrel

काठमाडौं, २७ पुस (ओएनएस) : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ । र, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोख्रेललाई सीईओमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सीईओ ज्ञवालीलाई बर्खास्त गर्दै उक्त पदमा डा. पोख्रेललाई नियुक्त गरेकाे सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री  सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए। पोख्रेल यसअघि सुशील कोइराला नेतृत्वको ... Read More »

प्रधानमन्त्री भन्छन्, ‘लोडसेडिङ क्रमशः अन्त्य गरिँदै’

prachand

काठमाडौं, २७ पुस (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकमा क्रमशः लोडसेडिङको अन्त्य गरिँदै लगिएको बताएका छन् । नेपाल चेम्वर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभाको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रम प्रचण्डले लोडसेडिङको अन्त्य गर्दै हाल सञ्चालनमा रहेका उद्योगमा नियमित विद्युत आपूर्ति र नयाँ उद्योगका लागि विद्युत बिस्तार गर्न सरकार लागेको बताए । प्रम प्रचण्डले उद्योग व्यवसायको प्रवद्र्धन र ... Read More »

११ सय नायब सुब्बा माग्यो लोकसेवाले (विज्ञापनसहित)

Loksewa-aayog

काठमाडौं, २७ पुस (ओएनएस) : लोकसेवा आयोगले १ हजार १ सय १२ जना नायब सुब्बा पदका लागि दरखास्त माग गरेको छ । लोकसेवाले बुधबार विज्ञापन जारी गर्दै निजामती सेवाका विभिन्न समूहमा नायब सुब्बा पदका लागि दरखास्त आह्वान गरेको हो । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट छनौट हुनेछन्, भने बाँकी निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् । मध्यमाञ्चलका लागि १ सय ... Read More »

ओबामाको बिदाइ सम्बोधनः अमेरिकालाई थप शक्तिशाली बनाए

obama

काठमाडौं, पुस (एजेन्सी) : अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो आठ वर्षे कार्यकालमा अमेरिकालाई थप राम्रो र शक्तिशाली देश बनाएको बताएका छन् । आफूले राजनीतिक यात्रा सुरु गरेको शिकागो सहरमा हजारौँ समर्थकको उपस्थितिमा बिदाइ सम्बोधन गरेका ओबामाले आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्धको पुनस्र्थापना र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने कामलाई आफ्ना प्रमुख उपलब्धिको रुपमा प्रस्तुत गरे । अमेरिकामा अझै जातिवाद ... Read More »

सीईओ ज्ञवालीलाई हटाउने/नहटाउने ?, आज हुँदैछ छिनोफानो

Sushil-gyawali

काठमाडौं, २७ पुस (ओएनएस) :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई हटाउने÷नहटाउनेबारे सरकारले आज निर्णय गर्दैछ । बुधबार बस्न लागेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका सीईओ ज्ञवालीबारे निर्णय गर्नेका सीईओ ज्ञवालीबारे निर्णय गर्ने गर्नेछ । यसअघि प्ुस २१ गतेको मन्त्रिपरिषद्को बैठकले सीईओ ज्ञवालीलाई हटाउने निष्कर्ष निकाले पनि महान्यायाधीवक्ताको कार्यालयको राय अनुसार उनलाई पुनः स्पष्टिकरण सोधिएको थियो । पुस २२ गते ... Read More »

झण्डै पाँच सयको आँखाको शल्यक्रिया

eye camp at farwest

धनगढी, २७ पुस (ओएनएस) : बझाङ र बैतडीमा सञ्चालित शिविरबाट झण्डै ५ सयको आँखाको शल्यक्रिया गरिएको छ । ती २ जिल्लाका ५ स्थानमा सञ्चालित आँखा शिविरमा ४ सय ९६ को शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए । जसमा ४ सय ८५ जनाको मोतिबिन्दूको दृष्टि शल्यक्रिया गरिएको हो । १ हजार ९ सय २० जनाको आँखा जाँच ... Read More »

पृथ्वीजयन्ती: कहिले काटियो बिदा ?

prithvi narayan shah

काठमाडौं, २७  पुस  । २०६२/०६३ को जनआन्दोलन लगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन । त्यसअघि भने सरकारले निरन्तर रूपमा पृथ्वीजयन्तीमा बिदा दिँदै आएको थियो भने सरकारीस्तरमै पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम हुने गरेको थियो । यस वर्ष क्रिसमस दिवसको अघिल्लो दिन सार्वजनिक बिदा दिएको सरकार पृथ्वीजयन्तीमा बिदा दिन ... Read More »

‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’

Menstrual-Cramps400

अछाम, २७ पुस  । “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउदिनन् । विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाईँको महिनावारी कहिले हुन्छ रु तपाईँको महिनावारी किन हुँदैन ?’ लगायतका अनावश्यक प्रश्न ठड्याइरहन्छन् । आफू छ दिनसम्म कक्षा कोठामा प्रवेश नगर्ने ... Read More »

'
Scroll To Top