मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

Daily Archives: January 10, 2017

नारायणहिटी राजदरवार छोड्नुको कारण यसरी खुलाए ज्ञानेन्द्रले

gyanendra shah

काठमाडौं, २६ पुस (ओएनएस) : पूर्वराजा ज्ञानन्द्र शाहले पृथ्वी जयन्ती अर्थात तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्मदिनको पूर्वसन्ध्यामा वक्तव्य जारी गरेका छन् । बुधबार पृथ्वी जयन्ती हो । ज्ञानेन्द्रले मंगलबार बेलुकी वक्तव्य जारी गर्दै पृथ्वीनारायण शाहको ‘संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप नेपालीलाई प्राप्त देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा’ परेको बताएका छन् ... Read More »

यसकारण उच्च अदालतका न्यायाधीश नियुक्तिमा ढिलाइ

judge-hammer

काठमाडौं, २६ पुस (ओएनएस) : उच्च अदालतका न्यायाधीय नियुक्तिको सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । न्याय परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्तिको सिफारिस गर्नेछ । तर, नाममा सहमति जुट्न नसकेपछि मंगलबार पनि न्यायाधीश नियुक्तिको सिफारिस हुन सकेन । समितिका सदस्य एवं कानुनमन्त्री अजयशंकर नायकले ‘नाममम छलफल चलिरहेको र नाममा सहमति हन नसक्दा’ नियुक्तिको सिफारिस ... Read More »

सरकारलाई विकास समितिको प्रश्न: नागरिकलार्इ स्वच्छ खानेपानी उपलब्ध कहिले गर्ने ?

development Committee  meeting

काठमाडौं, २६ पुस (ओएनएस) : व्यवस्थापिका–संसद, विकास समितिले नागरिकलाई स्वच्छ खानेपानीको पहुँचका लागि विस्तृत अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले ‘कहिलेसम्म सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सक्ने हो ? विस्तृत अध्ययन गरी डेडलाइन तोक्न र समितिलाई प्रतिवेदन उपलब्ध गराउन’ सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देश दिएको छ ... Read More »

सरकार भूकम्पपीडितको मुद्दामा असफल : अध्यक्ष राणा

pasupati

काठमाडौं, २६ पुस (ओएनएस) : सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्पपीडितको क्षेत्रमा काम गर्न नसकेको भन्दै सरकार असफल भएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय अध्यक्ष राणाले भने, ‘भूकम्पपीडित जनताको विषयमा काम गर्न सरकार पूर्णरुपमा असफल भएको हो । भूकम्पपीडितलार्इ २/२ वटा कठ्याङ्ग्रिने जाडोमा राख्नु हुँदैनथ्यो, यो सबैभन्दा ठूलो पाप हो । भूकम्पपीडितको घर नबन्नुमा ... Read More »

अब सांसद बैंकको सञ्चालक बन्न नपाउने

Nepal-Rastra-Bank-602x330

काठमाडौं, २६ पुस (ओएनएस) : बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक (बाफिया) व्यवस्थापिका संसद्बाट पारित भएको छ । अर्थ समितिबाट दोस्रो पटकको संशोधनपछि पेश भएको बाफिया मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो । बाफियामा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्षपछि संस्थापक सेयरलाई साधारणमा परीणत गर्न सकिने व्यवस्था राखिएको छ । साथै, बैंक ... Read More »

राष्ट्रिय एकता दिवसमा विदा दिन सांसदको माग

parlament meeting

काठमाडौं, २६ पुस (ओएनएस) : पुस २७ गते पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिनु पर्ने माग संसदमा उठेको छ । संसदको मंगलवारको बैठकमा शून्य समयमा बोल्दै एमाले सांसदले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्न सरकारले पुस २७ गते राष्ट्रिय एकता दिवसमा विदा दिनु पर्न माग गरेका हुन् । एमाले सांसद प्रकाश ज्वालाले नेपाल राष्ट्रएकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई सम्झिनु ... Read More »

यसकारण स्थगित भयाे लेखा समिति सभापतिको निर्वाचन

parliament house in nepal

काठमाडौं, २६ पुस (ओएनएस) : व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति सभापतिका लागि बुधबार हुने भनिएको निर्वाचन स्थगित भएको छ । समिति सचिवालयले सूचना जारी गरी बुधबारका लागि तय भएको सभापति चयन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको छ । मंगलबार साँझ ५ बजेसम्म सभापति पदका लागि उम्मेद्वारी दिने समय थियो । तर, मंगलबार विहान संसद सचिवालयले चुनाव स्थगित ... Read More »

एक सातादेखि हराएका भूसंरक्षण अधिकृत गौतम मृत भेटिए

kamal parsad gautam

चितवन, २६ पुस (ओएनएस) :  एक साता अघि काठमाडौंँ जान्छु भनि हिँडेका स्याङ्जाका भूसंरक्षण अधिकृत कमलप्रसाद गौतम मृत भेटिएका छन् । उनको शव सोमबार राति चितवनस्थित रामनगरको वनमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  रामनगरको वनमा दाउरा खोज्ने दाउरेले रुखमा झुण्डिएको अवस्थामा मानिसलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । भरतपुरका प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काका अनुसार गौतमको साथबाट पर्स र ... Read More »

विभाजनको राजनीति बन्द गर्नुपर्छ : डा. महत

ram sharan mahat

महेन्द्रनगर, २६ पुस (ओएनएस) : नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भौगोलिक, धार्मिक, सामाजिक तथा जातीय ढंगले विभाजित गर्ने विकृतिपूर्ण राजनीति नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणको क्रममा कञ्चरपुर पुगेका नेता डा. महतले भने, ‘बर्षौदेखि एकजुट भै मिलेर बसिरहेका नेपालीलाई अहिले विभाजित गर्ने काम हुँदैछ । यो विकृतिपूर्ण राजनीति हो र यसलाई हामीले बढावा दिनु हुँदैन, ... Read More »

सल्लाहकारमा ज्वाइँलाई नियक्त गरे ट्रम्पले

REUTERS

काठमाडौं, २६ पुस (एजेन्सी) : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँ ज्यारेड कुश्नरलाई ह्वाइट हाउसको प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन् । ३५ वर्षिय कुश्नर ट्रम्पकी छोरी इभान्काका श्रीमान हुन् । ह्वाइट हाउसको प्रमुख सल्लाहकारमा नियुक्त भएका कुश्नरले घरेलु तथा विदेश नीति निर्धारणमा भूमिका खेल्ने बीबीसीले जनाएको छ । १० दिनपछि अमेरिकाको ४५ औँ राष्ट्रपति पदमा शपथग्रहण गर्न लागेका ट्रम्पले आफ्नो ... Read More »

'
Scroll To Top