बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

Daily Archives: January 9, 2017

लोकमानलाई कालोमोसो दल्नेलाई १ महिना कैद फैसला (फैसलाको पूर्ण पाठसहित)

supreme-court-nepal

काठमाडौँ, २५ पुस (ओएनएस) : सर्वाेच्च अदालतले लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नेलाई १ महिना कैद फैसला सुनाएको छ । सर्वाेच्चका न्यायाधीश अानन्दमाेहन भट्टरार्इ र  अनिलकुमार सिन्हाकाे साेमबारकाे स‌ंयुक्त इजलासले  लाेकमानलार्इ कालाेमासाे दल्नेलार्इ १-१ महिना कैद फैसला सुनाएकाे हाे  । सर्वाेच्च अदालतमा म्याद तामेली गर्न गएका लोकमानलाई अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रप्रकाश बुढाले  पुस ८ गते कालोमोसो दलेका थिए । ... Read More »

उच्च अदालतका न्यायाधीश नियुक्ति हुन सकेन

judge-hammer

काठमाडौँ, २५ पुस (ओएनएस) :  उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसका लागि सोमबार बसेको न्याय परिषदकाे बैठक निर्णय बिनै टुंगिएको छ । उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्तिको सिफारिसको निर्णय लिन बैठक बसेपनि त्यसै टुंगिएको  हाे । उच्च अदालतको न्यायाधीश नियुक्तिको सिफारिसको सूचीमा सर्वाेच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, न्याय परिषद्का सचिव कृष्ण गिरीको नाम रहेको समाचार स्रोतले जनाएको छ । यसैगरी, ... Read More »

अहिले संविधान संशोधन नभए पछि कल्पनासम्म गर्न सकिन्न : ठाकुर

Mahantha Thakur

महोत्तरी, २५ पुस (ओएनएस) : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिलको संसदबाट संंविधान संशोधन हुन नसके आगामी दिनमा संशोधनको कल्पनासम्म गर्न नसकिने बताएका छन् । संसदमा संशोधन विधेयक टेबल भएपछि प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूले विधेयक पारित हुनै नदिने अडान राखिरहेका बेला अध्यक्ष ठाकुरले यही संसदमा संशोधन हुन नसके आगामी दिनमा कल्पना समेत गर्न नसकिने बताएका हुन् । पार्टीको ... Read More »

इरानका पूर्वराष्ट्रपति अलि अकबरको निधन

Ali Akbar Hashemi Rafsanjani

काठमाडौँ,  पुस (एजेन्सी) : इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको ८३ वर्षको उमेरमा निधन भएको छ । पूर्वराष्ट्रपति अलीको हृदयघातका कारण निधन भएको बीबीसीले जनाएको छ । अलीलाई ह्दयघात भएपछि राजधानी तेहरानको एक अस्पतालमा भर्ना गरिएको थियो । र, उपचारको क्रममा निधन भयो । १९८९ देखि १९९७ सम्म इरानका राष्ट्रपति रहेका अलीले सन् २००५ को निर्वाचनमा भने हार व्यहोर्नु परेको ... Read More »

संसदभित्र प्रधानमन्त्री–मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने

parliament house in nepal

काठमाडौँ, २५ पुस (ओएनएस) : व्यवस्थापिका–संसद्को सोमबारको बैठकले ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि–२०७३’ अनुमोदन गरेको छ । कार्यविधि अनुमोदन भएसँगै अब सांसदले प्रधानमन्त्री र मन्त्रीसँग कार्यक्षेत्रभित्र रहेका मन्त्राल तथा सम्बन्धित महत्वपूर्ण विषयका प्रश्न सोध्न सक्नेछन् । त्यसका लागि सभामुखले साधारणतया प्रत्येक महिनाको दोस्रो आइतबार पहिलो २ घण्टा समय निर्धारण गर्न सक्नेछन् । जरुरी र महत्वपूर्ण विषयका प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको ... Read More »

जलविद्युतका लागि अब वेबसाइटबाटै सेयर प्रतिवद्धता

hydropower1

काठमाडौँ, २५ पुस (ओएनएस) : जलविद्युत आयोजना निर्माणका लागि जनताको लगानी संकलन गर्ने उद्देश्यले सरकारले वेबसाइट सुरु गरेको छ । सोमबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री जनार्दन शर्माले वेबसाइटको उद्घाटन गरेका हुन् । ‘नेपालको पानी जनताको लगानी’ भन्ने योजनामा जनताबाट पूँजीको प्रतिवद्धता लिन वेबसाइट सुरु गरिएको ऊर्जामन्त्रीले जानकारी दिए । अब जनताले माथिल्लो अरुण, दूधकोशी, तमोर र सुनकोसी–३ सहितका ... Read More »

स्थानीय निर्वाचनको ढोका खुल्यो, छिट्टै मिति घोषणा : प्रधानमन्त्री

prachand

चितवन, २५ पुस (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको गतिरोध अन्त्यसँगै स्थानीय निर्वाचनको ढोका खुलेको बताएका छन् । सोमबार चितवनको वीरेन्द्रनगरमा स्थापित जनयुद्धका शहीद तथा बेपत्ता योद्धाको स्तम्भ अनावरण गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन दर्ता भएसँगै संसदको गतिरोध हटेको बताएका हुन् । ‘हामीले असहमतिका बीच प्रक्रियामा सहमति खोजेका छौँ, निर्वाचनसँग सम्बन्धित विद्येयक संसदमा अघि बढिसकेका छन्,’ प्रम प्रचण्डले भने, ... Read More »

‘हाईसञ्चो’ मानेर बस्नु हुँदैन, लोकमानलाई महाभियोग लगाउनैपर्छ : गुरुङ

dhan raj

काठमाडौँ, २५ पुस (ओएनएस) : नेपाली कांग्रेसका नेता धनराज गुरुङले सर्वाेच्च अदालतले लोकमानसिंह कार्कीको नियुक्ति बदर गरेपनि संसदमा दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउनु पर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सांसद गुरुङले भने, ‘सर्वाेच्चले कार्कीको नियुक्ति बदर गर्यो, भन्दैमा  यतिकैमा ‘हाईसञ्चो’ मानेर बस्नु हुँदैन । संसदबाटै महाभियोग लगाउनुपर्छ ।’ लोकमानले अक्षम्य कार्य गरेको चर्चा गर्दै गुरुङले भने, ‘लोकमानले ... Read More »

संसदमा संशोधन पेश भएसँगै राजनीतिक गतिरोध अन्त्य : कानुनमन्त्री नायक

ajay shankar nayak

काठमाडौँ, २५ पुस (ओएनएस) : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक संसदमा पेश भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री नायकले संशोधन विधेयक पेश गर्दा प्रतिपक्षी दलको पनि सहयोग रहेको बताएका हुन् । संशोधन विद्येयक पेश भइसकेकाले अब प्रक्रियाबाट अघि बढ्ने बताउँदै नायकले विद्येयकलाई पारित गराउन सरकार तत्पर ... Read More »

संविधान संशोधन पारित हुन दिँदैनौं : अध्यक्ष ओली

kp-oli

विराटनगर, २५ पुस (ओएनएस) : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक कुनै हालतमा पारित नहुने जिकिर गरेका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूहरुको विरोधका बीच सरकारले संसदमा टेबल गरेको संविधान संशोधन विधेयक पारित नहुने दाबी गरेका हुन् । ‘अहिलेको संसद रहँदासम्म संविधान संशोधन विधेयक पारित हुन दिँदैनौं,’ उनले भने ... Read More »

'
Scroll To Top