शनिबार, बैशाख १6, २०७४ | Saturday, April 29, 2017
न्युज अपडेट

Daily Archives: January 8, 2017

सर्वाेच्चद्वारा लोकमानकाे नियुक्ति बदर (परमादेशसहित)

lokman karki

काठमाडौँ, २४ पुस (ओएनएस) :सर्वाेच्च अदालतले अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगका  प्रमुख अायुक्त लाेकमानसि‌ं‌ह कार्कीकाे नियुक्ति खारेज गरिदिएकाे छ । सर्वोच्चका न्यायाधीश ईश्वरराज खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले  परमादेश जारी गर्दै कार्कीकाे नियुक्ति बदर गरेकाे हाे  ।  ‘प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय घ र ङ बजोजिम योग्यता नभएको व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारको ... Read More »

नेपाल–भारत सीमाको दशगजामा सडक निर्माणमा रोक

twowayroad

महोत्तरी, २४ पुस (ओएनएस) : महोत्तरीसँग जोडिएको नेपाल–भारत सीमाना दशगजामा भारतीय पक्षले निर्माण गर्न लागेको नालासहितको सडक रोकिएको छ । नेपाल प्रहरी र सशस्त्र सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक लगायतले भारतीय समकक्षीसँग कुरा राखेपछि दशगजामा भइरहेको नालासहितको सडक निर्माण रोकिएको हो । नेपाल–भारत छुट्टिने सीमास्तम्भदेखि ३० मिटर वारीपारी कुनै पनि भौतिक संरचना निर्माण गर्नु अन्तराष्ट्रिय मान्यता बिपरीत रहेको बताउँदै मटिहानीका नेपालीहरुले समेत ... Read More »

अढाई लाख पुरस्कार राशीको फाल्गुनन्द गोल्डकपको उपाधि झापालाई

Falgunanda gold cup win

पाँचथर, २४ पुस (ओएनएस) : पाँचथरको फिदिममा सञ्चालित आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड क्लब झापाले उचालेको छ । आइतवार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै विर्ताले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको २७ औँ मिनेटमा विर्ता युनाइटेडका योगेश गुरुङले गोल गर्दै अग्रता ... Read More »

संशोधन विधेयक असफल पार्छाैँ : उपाध्यक्ष गौतम

bam_dev_gautam

काठमाडौँ, २४ पुस (ओएनएस) : सरकारले आइतबारको संसद बैठकमा विपक्षी दलको विरोधका बाबजुद संविधान संशोधन विधेयक प्रस्तुत गरेपछि एमालेले आपत्ति जनाएकाे छ । संसद भवनबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूहरुको विरोधका बाबजुद संसदमा संशोधन प्रस्ताव प्रस्तुत हुनुलाई ‘सभामुखले संसदीय अभ्यास विपरित काम’ गरेको प्रतिक्रिया दिए । संसदमा आफूहरुले विरोधलाई निरन्तरता दिने बताउँदै उपाध्यक्ष गौतमले भने, ‘टेबुल गर्ने विषयमा कुनै ... Read More »

काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र गठन

lagani bord

काठमाडौँ, २४ पुस (ओएनएस) : काठमाडौँ उपत्यकामा मेट्रो रेल आयोजना सञ्चालनका लागि उच्चस्तरीय संयन्त्रको गठन गरिएको छ । आइतबार सम्पन्न लगानी बोर्डको २५ औँ बैठकले राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान श्रेष्ठकाे संयोजकत्वमा संयन्त्र गठन गरेको हो । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको वातावरणका लागि सरकार गम्भीर रहेको भन्दै आर्थिक समृद्धिका लागि प्राथमिकता तोकेर आयोजनाहरुमा लगानी आकर्षित ... Read More »

सशस्त्रका ३३ खेलाडीलाई ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान

apf

काठमाडौँ, २४ पुस (ओएनएस) : सशस्त्र प्रहरी (एपीएफ) क्लबका विभिन्न विद्याका ३३ खेलाडीलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ पदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले आइतबार एक कार्यक्रमका बीच करांतेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलतर्फ सरस्वती चौधरी, फुटवलतर्फ रञ्जन विष्ट र अञ्जन विष्ट गरी ६ खेलाडीलाई ‘मोष्ट भ्यालुएवल’ प्लेयर तथा कराते प्रशिक्षक दिपक श्रेष्ठलाई उत्कृष्ट ... Read More »

सीईओ ज्ञवालीले दोस्रो पटक बुझाए ६ पृष्ठको स्पष्टिकरण

Sushil-gyawali

काठमाडौँ, २४ पुस (ओएनएस) :  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो पटक ६ पृष्ठ लामो स्पष्टिकरण बुझाएका छन् । सरकारले ज्ञवालीलाई दोस्रो पटक २४ घण्टे स्पष्टिकरण सोधपछि उनले आइतबार विहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्पष्टिकरण बुझाएका हुन् । सीईओ ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको काममा समन्वय गर्न नसकेको, पुनर्वासको व्यवस्था गर्न नसकेको र अनुदान वितरण ... Read More »

बाटो खोल्न गएको सेनाको गाडी दुर्घटना, सेनानीसहित ३३ जना घाइते

accident

धनगढी, २४ पुस (ओएनएस) : डडेल्धुराको साहुखर्क नजिकै नेपाली सेनाको गाडी दुर्घटनाग्रस्त भएको छ । हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्गको हगुल्टे सडक खोलेर फर्किने क्रममा आइतबार विहान सेनाको लु १ ना २९४ नम्बरको (वान टन) ट्रक दुर्घटना हुँदा ३३ जना सेना घाइते भएका हुन् । । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । डडेल्धुरास्थित गरुडदल गणका सेना चढेको ... Read More »

विपक्षीको नाराबाजीका बीच संशोधन विधेयक टेबल

parliament house in nepal

काठमाडौँ, २४ पुस (ओएनएस) : संविधान संशोधन विधेयक संसदमा टेबल भएको छ । विपक्षी दलको नाराबाजीकाबीच सरकारले आइतबारको संसद बैठकमा संशोधन विधेयक टेबल गरेको हो । सभामुख ओनसरी घर्तीले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका  सांसद अाअाफ्नाे ठाउँबाट उभिएका थिए  । कानुनमन्त्री अजयशंकर नायकले सं‌शाेधन  विधेयक प्रस्तत  गर्ना साथ विपक्षी दलका सांसदहरुले नाराबाजी समेत गरे ।   तर, प्रक्रिया राेकिएन । यसअघि प्रमुख प्रतिपक्षीसहितका ... Read More »

लोकमानको मुद्दामा बहस सकियो, फैसलाको प्रतीक्षा

lokman karki

काठमाडौँ, २४ पुस (ओएनएस) : अख्तियार दूरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको योग्यता सम्बन्धीको मुद्दामा बहस सकिएको छ । आइतबार कार्कीका पक्ष र विपक्ष दुबै तर्फका कानुन व्यवसायीले बहस गरेर सकाएका हुन् । पुस ७ गतेबाट सुरु भएको सुनुवाइमा रिटनिवेदक अधिवक्ता ओमप्रकाश अर्यालको तर्फबाट अधिवक्ता शम्भू थापा, निवेदनक ओमप्रकाश अर्याल, टिकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरे । सर्वाेच्चको फैसला ... Read More »

'
Scroll To Top