बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

Daily Archives: January 6, 2017

संविधान जलाउनेहरू अहिले संशोधन नभइ निर्वाचन हुन दिँदैनौं भन्दैछन : अाेली

kp-oli

काठमाडौं, २२ पुस (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न नदिनेहरू अहिले संशोधन नभइ निर्वाचन हुँदैन भन्दै आएको बताएका छन् । एमालेसहितका ९ प्रतिपक्ष दलद्वारा शुक्रबार राजधानीमा आयोजित जनप्रदर्शनमा अध्यक्ष ओलीले भने, ‘हिजो संविधान जारी गर्न नदिने, च्यात्ने, जलाउनेहरू अहिले आएर संशोधन नभइ निर्वाचन हुन नदिने भन्दै आएका छन्, अर्थात ‘देशको अखण्डतामाथि प्रहार नगरी निर्वाचन हुन ... Read More »

सीमांकन परिर्वतन संविधान प्रतिकूल : मैनाली

cp mainali1

काठमाडौं, २२ पुस (ओएनएस) : नेकपा मालेका महासचिव सीपी मैनालीले सीमांकन परिवर्तन गर्ने गरी हुन लागेको संविधान संशोधन संविधान प्रतिकूल हुने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित विपक्षी दलको जनप्रदर्शनमा सम्बोधन गर्दै महासचिव मैनालीले सर्वाेच्चले जारी गरेको आदेश विपरित सीमांकन परिवर्तन गर्नेगरी संशोधन हुनै नसक्ने बताए । संविधान संशोधन प्रस्ताव गैरसंवैधानिक रहेको र यसको अन्तरबस्तु अन्तरघाती रहेको उल्लेख गर्दै मैनालीले ... Read More »

नेपाललार्इ सिक्किमिकरण गर्ने ‘ग्रान्ड डिजाइन’ : अध्यक्ष केसी

chitrabahadur_kc

काठमाडौं, २२ पुस (ओएनएस) : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको अखिण्डता र राष्ट्रियता जनताले मात्र बचाउन सक्ने बताएका छन् । राजधानीको प्रदर्शनीमार्गमा आयोजित प्रतिपक्षी दलको सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपाललाई सिक्मिकरण गर्न पहाडबाट तराईका जिल्ला अलग गरिन लागिएको बताउँदै सिक्किमिकरण गर्ने ‘ग्रान्ड डिजाइन’ भएको बताए । ‘नेपाल भनेको हिमाल हो, पहाड हो, तराई पनि हो,’ उनले भने, ‘९० प्रतिशतले ... Read More »

सुनको भाउ ५३ हजार ७ सय पुग्याे

gold-bars

काठमाडौं, २२ पुस (ओएनएस) : शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ । साताको पहिलो दिनदेखि नै निरन्तर उकालो लाग्दै आएको सुनको भाउ शुक्रबार तोलाको ५३ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ५३ हजार ५ सयमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुन ५३ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ... Read More »

प्रतिपक्षीको शक्ति प्रदर्शन

uml–rally at ktm1

संविधान संशोधनको विरुद्धमा भन्दै एमालेसहितका ९ प्रतिप्रपक्षी दलले राजधानीको गरेको प्रदर्शन Read More »

यस्तो देखियो एमालेसहित ९ दलको शक्ति प्रदर्शन

uml–rally at ktm1

काठमाडौं, २२ पुस (ओएनएस) : संविधान संशोधनको विरोधमा भन्दै एमालेसहितका ९ प्रतिपक्षी दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । सरकारले संसदमा संशोधन दर्ता गराएकै भोलिपल्टबाट सदन अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलले राजधानीका विभिन्न ४० स्थानबाट जुलुस निकालेका थिए । जुलस प्रदर्शनी मार्गमा पुगेर सभामा परीणत भएको छ । एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, ... Read More »

यथास्थितिमा संशोधन विधेयकलाई समर्थन गर्दैनौं : अध्यक्ष थापा

kamal thapa

काठमाडौं, २२ पुस (ओएनएस) : सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन विधेयक अगाडि बढाए समर्थन गर्न नसकिने बताएको छ । राप्रपाका अध्यक्ष कमल थापाले नयाँ समझदारी नभइ सरकारले संशोधन प्रक्रिया अगाडि बढाए मुलुककै लागि प्रत्युत्पादक हुने समेत चेतावनी दिए । शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले संशोधन विद्येयकलाई पार्टीले समर्थन नगर्ने बताए । सरकारले आइतबार बस्ने संसद ... Read More »

दोस्रो पटक स्पष्टिकरण पत्र बुझे सीईओ ज्ञवालीले

Sushil-gyawali

काठमाडौं, २२ पुस (ओएनएस) : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सरकारले दोस्रो पटक सोधेको २४ घण्टे स्पष्टिकरणको पत्र बुझेका छन् । ज्ञवालीले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुनः स्पष्टीकरण पेश गर्न भनी पठाएको पत्र प्राप्त भएको जानकारी दिएका हुन् । सीईओ ज्ञवलीले प्राधिकरणको समन्वयमा सम्बद्ध निकायद्वारा विभिन्न प्रतिकूलता र चुनौतिका बीच भए ... Read More »

महोत्तरीमा कार्यविधि विपरीत सीसीटिभी क्यामेरा जडान

CC TV Camera

 महोत्तरी, २२ पुस (ओएनएस) : महोत्तरीमा सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७२ विपरीत सीसीटिभी क्यामेरा जडान गरिएको पाइएको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न भन्दै सरकारले सीसीटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ लागू गरेपनि महोत्तरीमा अहिलेसम्म कुनै पनि संघसंस्था तथा सार्वजनिक निकायले सीसीटिभी जडान गरेको बारे प्रशासनलाई जानकारी दिएका छैनन् । सीसीटीभी सञ्चालनका लागि प्रशासनमा निवेदन दिनुपर्ने व्यवस्था ... Read More »

‘लुट २’ काे ट्रेलरले तोड्यो ‘छक्का पन्जा’ को रेकर्ड

loot 2

काठमाडौं, पुस (ओएनएस) : नेपाली चलचित्र ‘लुट २’ को ट्रेलरले कलिउडको रेकर्ड तोडेको छ । ‘लुट २’ ले यस अघि युट्युबमा छोटो समयमा सबै भन्दा बढी क्लिक गरिएको ‘छक्का पञ्जा’ को ट्रेलरको रेकर्ड तोडदै नयाँ रेकर्ड कायम गरेको हो । ‘लुट २’ को ट्रेलर यतिबेला युट्युब ट्रेण्डिङको १ नम्बर छ । ‘लुट २’ युट्युबमा सार्वजनिक भएको २० घण्टामा २ लाख ... Read More »

'
Scroll To Top