मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

Daily Archives: January 5, 2017

संशोधन विधेयक टेबल गर्ने सरकार र मधेसी मोर्चाबीच सहमति

congree–maiost–morcha meeting

काठमाडौँ, २१ पुस (ओएनएस) : सरकारले आइतबार बस्ने व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन विधेयक टेबल गर्ने भएको छ । प्रमुख प्रतिपक्षी एमालेसहितका ९ दल संशोधनको विपक्षमा रहेका बेला सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले बिहीबार मधेसी मोर्चासँग संशोधन विधेयक टेबल गर्ने समझदारी गरेको हो । एमाले संविधान संशोधनप्रति कठोर बन्दै गएका बेला मधेसी मोर्चा लचिलो बन्दै अहिलेकै संशोधन प्रस्तावलाई समर्थन गर्न पुगेको छ । ... Read More »

कार्यकर्ता भर्ना गर्न सीईओ ज्ञवालीलाई हटाइयो : अध्यक्ष ओली

kp-oli

काठमाडौँ, २१ पुस (ओएनएस) : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेपछि प्रमुख प्रतिपक्षी दल एमालले आक्रोश व्यक्त गरेको छ । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सीइओ बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सरकारले ‘घटीया’ काम गरेको टिप्पणी गरे । ‘जनता अझै त्रिपाल मुनी छन् । अझै बास पाएका छैनन् ... Read More »

पुनर्निर्माण प्रधिकरणका सीईओ सुशील ज्ञवाली बर्खास्त

Sushil-gyawali

काठमाडौँ, २१ पुस (ओएनएस) : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अधिकृत ज्ञवालीलाई मदमुक्त गर्ने निर्णय गरेको हो । ज्ञवालीले बुधबार मात्र सरकारलाई स्पष्टिकरण बुझाएका थिए । तर, उनको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो । पूर्ववर्ती सरकारले २०७२ पुस १० गते ... Read More »

संशोधन विधेयक पास नभए स्थानीय निर्वाचन हुँदैन : ठाकुर

MAHANTA-THAKUR

काठमाडौँ, २१ पुस (ओएनएस) : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान संशोधन बिधेयक पास नभए स्थानीय तहको निर्वाचन नहुने जिकिर गरेका छन् । रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षत्कारमा अध्यक्ष ठाकुरले सरकार गठनकै क्रममा सत्तासिन दलले मधेसी मोर्चाका माग पूरा गन संविधान संशोधन गर्ने भनेकाले संशोधन विधेयक पास नभएसम्म स्थानीय तहको निर्वाचन नहुने बताएका हुन् । संशोधन ... Read More »

एमाले सांसदलाई प्रमुख अतिथि बनाउने निर्णयको विरोध भएपछि नगरपरिषद् स्थगित

महोत्तरी, २१ पुस (ओएनएस) : एमालेका सांसद रामदयाल मण्डललाई प्रमुख अतिथि बनाउने निर्णयको अन्य राजनीतिक दलले विरोध गरेपछि महोत्तरीको जलेश्वर नगरपालिकाको नगरपरिषद् स्थगित गरिएको छ । बिहीबार तय गरिएको जलेश्वरको नगरपरिषद्को प्रमुख अतिथिका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेका सांसद मण्डललाई बोलाइएको थियो । सोही अनुसार निमन्त्रणा पनि गरिएको थियो । तर, अन्य राजनीतिक दलसम्मिलित नगरस्तरीय सयन्त्र विरोधमा उत्रिएपछि ... Read More »

अतिरिक्त समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता

prachand–cabinet

काठमाडौँ, २१ पुस (ओएनएस) : तोकिएको समय अवधिभन्दा बढी काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहन भत्ता दिने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले समय अवधिभन्दा बढी समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । बैठकले बहुप्रतिक्षित सहरी विकास समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । सडक सुधारका लागि एसियाली विकास बैंकको ... Read More »

सन् २०१७ मा घुम्नैपर्ने ५२ ठाउँको सूचीमा नेपालको लाङटाङ पनि

PHOTO : wikipedia

काठमाडौँ, २१ पुस (ओएनएस) : अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सन् २०१७ मा घुम्नैपर्ने संसारका ५२ ठाउँको सूचीमा नेपालको लाङटाङलाई पनि समावेश गरेको छ । न्यूयोर्क टाइम्सले सन् २०१७ मा घुम्नै पर्ने ५२ ठाउँको सूचीमा नेपालको लाङटाङलाई ४३ औं नम्बरमा राखेको छ । ‘नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न अहिले लाङटाङमा १५ दिनको तामाङ हेरिटेज ट्रेल ट्रेकिङ गर्न सकिने’ न्यूयोर्क टाइम्सले उल्लेख ... Read More »

संशोधन विधेयकलाई प्रक्रियामा लैजाने माओवादी केन्द्रको निर्णय

maoist

काठमाडौँ, २१ पुस (ओएनएस) : सत्तारुढ नेकपा (माओवादी) केन्द्रले संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने निर्णय गरेको छ । नेकपा (माओवादी) केन्द्रको कार्यालयको बिहीबारको बैठकले संशोधन विधेयकसम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै विधेयक अगाडि बढाउने निर्णय गरेको हो । संशोधन प्रस्तावको सहमतिका लागि सबै दलसँग छलफल जारी रहने बैठकपछि नेता अग्नी सापकोटाले बताए । ‘अध्यक्षले अदालतको फैसलापछि अव शंसोधन प्रस्ताव पारित ... Read More »

७ दिनभित्र स्ववियु निर्वाचनको तालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

ANNFSU

काठमाडौँ, २१ पुस (ओएनएस) : एमालेको भातृ संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को निर्वाचनको कार्यतालिका १ हप्ताभित्र सार्वजनिक गर्न माग गरेको छ । अनेरास्वयिुले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी १ हप्ताभित्र तालिका सार्वजनिक गर्न तथा विद्युतीय प्रणालीबाट मतदान गराउन माग गरेको हो । त्रिभुवन विश्वविद्यालय सिनेटको बुधबारको बैठकले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । ... Read More »

एमाले रहँदासम्म देशलाई विखण्डन हुन दिँदैनौं : उपाध्यक्ष गौतम

bam_dev_gautam

काठमाडौँ, २१ पुस (ओएनएस) :  प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहितका ९ राजनीतिक दलको आयोजनामा शुक्रबार राजधानीमा हुने बृहत जनप्रदर्शनको तयारी तीब्र पारिएको छ । बिहीबार सम्पन्न स्वय‌ंसेवकका लागि निर्देशन कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले अनुशासित भएर काम गर्न स्वयम्सेवकलाई निर्देशन दिएका छन् । अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य बनाउन जोड दिँदै उपाध्यक्ष गौतमले भने, ‘एमाले रह“दासम्म देशलाई ... Read More »

'
Scroll To Top