बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

Daily Archives: January 4, 2017

प्राधिकरणका सीईओले प्रमलाई बुझाएको स्पष्टिकरणमा के छ ?

Sushil-gyawali

काठमाडौँ, २० पुस (ओएनएस) : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीआईओ) सुशील ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई स्पष्टिकरण बझाएका छन् । प्राधिकरणको काम सन्तोषजनक नभएको भन्दै सरकारले सीईओ ज्ञवालीसँग स्पष्टिकरण माग गरेको सातौं दिनमा बुझाएका हुन् । सीईओ ज्ञवालीले स्पष्टिकरणमा ‘स्रोतसाधनको पर्याप्तताबिना पनि प्राधिकरणले धेरै काम गरेपनि सम्बन्धित निकायले सहयोग नगरेको’ बताएका छन् । प्राधिकरणको निर्देशक समितिको अध्यक्षमा प्रधान्मन्त्री रहने ... Read More »

‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले ?’

‘सत्य’ पक्राउ गर्न गएको प्रहरीले ‘शक्ते’ लाई समातेर मुद्दा चलायो । अदालतले २० वर्ष कैद गर्ने फैसला गर्यो । ती निर्दोष कैदी शशिकुमार तितुङ ‘शक्ते’ को मुद्दा दुई वर्षदेखि सर्वोच्च अदालतमा ‘पालो नआएर’ अड्किरहेको छ । काठमाडौँ, २० पुस : प्रधानन्यायाधीश पदमा नियुक्त भएपछि सुशीला कार्कीले सार्वजनिक कार्यक्रममा पटक–पटक दोहोर्याएर भनिन्, “बरु १० जना दोषी छुटुन्, एकजना पनि निर्दोष नपरून् ।” ... Read More »

पूर्वसैनिक प्रमुखलाई नेपालका लागि राजदूत बनाउने भारतको तयारी

Indian-Army-chief-dalbir-si

काठमाडौँ, २० पुस (ओएनएस) : रन्जीत रेको कार्यकाल सकिनै लाग्दा भारतले पूर्वसैनिक प्रमुख दलवीर सिंह सुहागलाई पठाउने तयारी गरेकाे छ । भारत सरकारले अवकाशप्राप्त पूर्वसैनिक प्रमुख सुहागलाई नेपालका लागि नयाँ राजदूतमा पठाउने तयारी थालेको भातरीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पूर्व सैनिक प्रमुखलाई राजदूत बनाएर नेपाल पठाउने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सुहागलाई नेपालका लागि राजदूत बनाएर पठाइएमा ‘नेपालमा ... Read More »

इराकमा मारिएका १२ नेपालीका आफन्तको विपक्षमा फैसला

court-order

काठमाडौं,  पुस (एजेन्सी) : अमेरिकाको पुनरावेदन अदालतले सन् २००४ मा इराकमा हत्या गरिएका १२ नेपालीका आफन्तले दायर गरेको मुद्दाको विपक्षमा फैसला गरेको छ । अमेरिकी पनरावेदन अदालतले कम्पनी केलोग ब्राउन एन्ड रुट (केबिआर) नामक कम्पनीको पक्षमा फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यू अर्लियन्सको एक पुनरावदेन अदालतले सन् २०१४ मा तल्लो अदालतको फैसलालाई सदर गरेको हो । अदालतका तीन न्यायाधीशको ... Read More »

त्रिविलाई उत्कृष्ट केद्र बनाउन सार्थक पहल थालाैं: प्रधानमन्त्री

prachand at TU

काठमाडौँ, २० पुस (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट केद्र बनाउन सार्थक पहल थाल्नु पर्ने बताएका छन् । प्रधानमन्त्री तथा कुलपति प्रचण्डले संविधानले नै त्रिविलाई केन्द्रीय विश्वविद्यालयलाई संघको अधिकार सूचिमा उल्लेख गरिसकेकाले अधिकार क्षेत्र र भूमिकाको बारेमा कुनै शंका नरहेपनि उत्कृष्टताको केन्द्र बनाउन सार्थक पहल थाल्नु पर्ने बताएका हुन् । बुधबार आयोजित विश्वविद्यालय सभाको साधारण बैठकमा प्रम ... Read More »

नेपाल खुल्ला छ

women

 घरेल उद्यममा व्यस्त राजधानीवासी बुधबार विहान घाम ताप्दै । तस्बिर : अाेएनएस Read More »

संसदकाे गतिरोध अन्त्यका लागि सभामुख सक्रिय

onsari-gharti-magar

काठमाडौँ, २० पुस (ओएनएस) : सभामुख ओनसरी घर्तीले संसद सूचारुका लागि सक्रियता बढाएकी छन् । सभामुख घर्तीले बुधबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी संसदको गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराइन् । भेटमा सभामुख घर्तीले दलहरूबीच सहमति कायम गराउन प्रधानमन्त्री प्रचण्डलाई मुख्य भूमिका निभाउन आग्रह गरेको उनका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए । जवाफमा प्रम प्रचण्डले संसद बैठक खुलाउन ... Read More »

सर्वोच्चको फैसलाले सहमतिका लागि प्रेरित गरेको छ : प्रधानमन्त्री प्रचण्ड

prachand1

काठमाडौँ, २० पुस (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन प्रस्तावसम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राजनीतिक दललाई सहमतिका लागि प्रेरित गरेको बताएका छन् । बुधबार राजधानीमा पत्रकारसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सर्वाेच्चको फैसलाले प्रतिपक्षी दलले सदन खुलाउने र मधेसी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको बताएका हुन् । ‘मैले सहमतिका लागि कोशिस गरिरहेको छु, अब छिटै राजनीतिक ... Read More »

अन्तिम क्वाटरफाइनलमा कर्णसिंह सोनाम र चर्च ब्वाईज भिड्दै 

Falgunanda Goldcup

पाँचथर, २० पुस (अाेएनएस) : फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत  बुधबार अन्तिम क्वाटरफाइनलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र चर्च व्वाईज क्लब काठमाडाैं भिडदैछन् । खेल दिउँसो ३ बजे हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत बिहीबार पहिलो सेमिफाइनलमा मंगलबारको विजेता फिदिम र विर्ता युनाइटेड क्लब झापावीच तथा शुक्रबार हुने दोस्राे सेमिफाइनलमा ... Read More »

निजामती सेवामा खुला परीक्षा रोकिने

pm-office

काठमाडौँ, २० पुस । सरकारले निजामती सेवाका सबै पदमा खुला परीक्षा रोक्ने निर्णय गरेको छ । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संंरचना निर्देशक समिति बैठकले संघीयता कार्यान्वयनलाई सहजीकरण गर्न आगामी वर्षदेखि खुला प्रतिस्पर्धाका आधारमा लिइने सबै परीक्षा रोक्ने निर्णय गरेको हो । बैठकले ७ माघ २०७४ सम्म सरकारलाई थप आर्थिक दायित्व पर्ने ... Read More »

'
Scroll To Top