बिहीबार, भाद्र ८, २०७४ | Thursday, August 24, 2017
न्युज अपडेट

Daily Archives: January 3, 2017

बर्खास्तमा परेका नेविप्राका सञ्चालकको दाबी सर्वोच्चद्वारा अस्वीकार, कुलमानलार्इ राहत

kulman

काठमाडौँ, १९ पुस (अाेएनएस) : सर्वाेच्च अदालतले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका ३ जना सदस्यलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालिन अन्तरिम आदेश खारेज गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलले मंगलबारको इजलासले यसअघिको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै खारेज गरेको हो । सर्वाेच्चले अल्पकालिन आदेश खारेज गर्दै बर्खास्तमा परेका सञ्चालक समितिका सदस्यको दाबी अस्वीकार ... Read More »

फाल्गुनन्द गोल्डकप : आयोजक फिदिम सेमिफाइनल प्रवेश

Falgunanda Goldcup

पाँचथर, १९ पुस (अाेएनएस) : फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ । विजयसँगै फिदिम सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा भएको खेलमा फिदिमले पाहुना टोली फ्यान्स क्लब विआसी भुटानलाई २–० ले पराजित गर्यो । फिदिमका लागि दुवै गोल जर्सी नम्बर ६ का शरण बस्नेतले गरे । ... Read More »

सीमांकन परिवर्तन सर्वाेच्चको आदेश विपरीत हुने एमालेको ठहर (६ बुँदे निर्णयसहित )

subash nembang ca chief_

काठमाडाैं, १९ पुस (अाेएनएस) : नेकपा (एमाले) ले सीमांकन परिवर्तन गर्ने गरी संविधान संशोधन गर्दा सर्वाेच्च अदालतको आदेश विपरित हुने ठहर गरेको छ । मंगलबार विहान बसेको एमाले स्थायी समितिको बैठकले सर्वाेच्च अदालतको आदेशको विपरित नजान सरकारलाई आग्रह गर्ने निर्णय गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओएनएसलाई जानकारी दिए । ‘प्रदेश सभाको सहमति बिना सीमांकन परिवर्तन गर्ने गरी संशोधनको ... Read More »

दलहरुले समय मागेपछि संसद बैठक ६ दिनका लागि स्थगित

parlament notice

काठमाडाैं, १९ पुस (अाेएनएस) : मंगलबारका लागि आह्वान गरिएको संसद बैठक ६ दिन पर सारिएको छ । संविधान संशोधनमा सत्तापक्ष र प्रतिपक्षको पूर्ववर्ती अडान यथावत रहेका बेला संसद बैठक सूचना टाँस गरेर पुस २४ गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएको छ । सहमतिका लागि दलहरुले समय माग गरेपछि संसद बैठक सारिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी ... Read More »

संक्रान्ति बजारका अग्निपीडितलाई १ करोड दिने सरकारको घोषणा

sankranti bazar

तेह्रथुम, १९ पुस (अाेएनएस) :   सरकारले तेह्रथुमको संक्रान्ति बजारका अग्नीपीडितको पुननर्वासका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । साथै प्रम प्रचण्डले संक्रान्ति बजारमा व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने पनि ... Read More »

संशोधनविरुद्धको जनप्रदर्शन सशक्त बनाउने एमाले निर्णय

uml

काठमाडाैं, १९ पुस (अाेएनएस) : प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधनविरुद्ध पुस २२ गते राजधानीमा आयोजना हुने जनप्रदर्शनलाई सशक्त बनाउने निर्णय गरेको छ । संसद् भवन, बानेश्वरमा बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले पुस २२ गते जनप्रदर्शनमा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने तयारीमा लाग्न सांसदलाई निर्देशन दिए । संशोधनका विरुद्ध ५ नम्बर प्रदेशमा हुँदै आएको आन्दोलनलाई अरु प्रदेशमा ... Read More »

कुलमानको पक्षमा सडकमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

arest

काठमाडाैं, १९ पुस (अाेएनएस) : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा सडकमा उत्रेका ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उज्यालो नेपाल अभियानका ३८ जनालाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको हो । प्राधिकरणका ३ सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज गर्नु पर्ने उनीहरुको माग छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ... Read More »

 ‘देशकै खुसी र गौरवका निम्ति खेल्नेछु’

punam rawal1

काठमाडाैं, १९ पुस (अाेएनएस) : हालै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबको वर्चस्व रह्यो । त्यसमा पनि बक्सिङमा धेरै स्वर्ण जित्यो । बक्सिङतर्फ आर्मीलाई स्वर्ण दिलाउनेमध्ये सबैभन्दा कान्छी खेलाडी हुन्, पुनम रावल । उमेरले १९ बसन्त पार गरेकी पुनमको बाजुरादेखि राष्ट्रिय स्वर्णसम्मको यात्रा अनुभव : मैले त कुनै खेलमा पदकबिना फर्किनुपरेको छैन । यसअघि म जुनजुन खेलमा गएँ, कुनै न ... Read More »

भारतीय मिडियामा नेपाली अञ्जलीको चर्चा

anjali

काठमाडाैं, पुस (अाेएनएस) : नेपाली मोडल अञ्जली लामा अहिले भारतीय मिडियामा चर्चित बनेकी छन् । तेस्रो लिंगी मोडल अञ्जली भारतको ‘लेक्मे फैसन विक २०१७’ को र्याम्प वाकका लागि छनौट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फेसन शो आगामी फेबु्रअरी १ देखि ५ सम्म चल्नेछ । अहिले उनी मुम्बईमा छिन् । यसअघि नेपालका कयौँ र्यापमा सहभागी भइसकेकी अञ्जलीको कही चर्चित म्यागजिनले समेत ... Read More »

ब्राजिलको जेलमा झडप, ५६ को मृत्यु

_93208887_020117_brazil_amazonas

काठमाडाैं, १९ पुस (एजेन्सी) : ब्राजिलको एमाजोनास राज्यमा रहेको कारागारमा झडप हुँदा ५६ जनाको मृत्यु भएको छ । अनिसियो जोबिम नामको जेलभित्र र बाहिर रहेका बन्दीका दुई प्रतिद्वन्द्वी गिरोहबीच झडप भएको बीबीसीले जनाएको छ । कैदीहरूले १७ घण्टापछि आत्मसमर्पण गरेपछि झडप टुंगिएको थियो । झडपका बेला केही कैदीबन्दी भागेका थिए । भागेका ८७ कैदीमध्ये ४० जनालाई पुन नियन्त्रणमा लिइएको बताइएको ... Read More »

'
Scroll To Top