शनिबार, आषाढ १०, २०७४ | Saturday, June 24, 2017
न्युज अपडेट

Daily Archives: January 2, 2017

फाल्गुनन्द गोल्डकप : सुनसरीद्वारा हिमालयन शेर्पा पराजित

Falgunanda Goldcup

पाँचथर, १८ पुस (अाेएनएस) : पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एलेभेन एरोज क्लब सुनसरीले सानदार जीत हासिल गरेको छ । फिदिम मावि फिदिमको खेल मैदानमा जारी प्रतियोगितामा सुनसरीले हिमालयन शेर्पा क्लब काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको अधिकांश समय हिमालयनलाई दबावमा राख्न सफल सुनसरीका लागि नाइजेरियन खेलाडी सामसिङले पहिलो हाफको ३० ... Read More »

साफ फुटबलमा नेपाल भारतसँग ३–१ ले पराजित

nepali  women football team

काठमाडौँ, १८ पुस (अाेएनएस) :चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा भारतले नेपाललाई पराजित गरेको छ । सोमबार सिलगुढीमा भएको खेलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भएको हो । नेपाल अघिल्लो तीन वटै संस्करणमा फाइनलमा भारतसँग पराजित भएको थियो ।  खेलको ४४ औँ मिनेटमा भारतकी कमला देवीको पहिलो गोल गरेकी थिइन् । खेलको ५९ औँ मिनेटमा भारतकी इन्दुमतीको गोलले नेपाल ... Read More »

संसद बैठक सूचना टाँस गरी भाेलिका लागि स्थगित

parliament-house-in-nepal

काठमाडौँ, १८ पुस (अाेएनएस) : सोमबार दिउँसो ४ बजेका लागि आह्वान गरिएको व्यवस्थापिका संसदको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार १ बजे बसेको बैठकमा प्रतिपक्षी दलका सांसदले अवरोध गरेपछि दिउँसो ४ बजेका लागि स्थगित गरिएको थियो । तर, संसद सचिवालयले सूचना निकालेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको हो । मंगलबारको संसद बैठक बस्नुअघि सभामुखले ... Read More »

संविधान संशोधनका लागि सर्वोच्चले बाटो खोल्यो, अन्तरिम आदेश जारी भएन

supreme-court-nepal

काठमाडौँ, १८ पुस (अाेएनएस) : संविधान संशोधन विधेयकविरुद्ध परेको रिटनिवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि संविधान संशोधनको बाटो खुलेको छ । र, सत्तापक्षलाई संशोधन अगाडि बढाउन सहज भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको सोमबारको ईजलासले ‘विधायन प्रक्रियामा रहेको विषयमा विधायिकाले आफ्नो दृष्टिकोण प्रयोग गर्न ... Read More »

संशोधन विधेयक फिर्ता नलिए सरकारको आयु समाप्त : बिजुक्छें

narayanman bijukchhe

भक्तपुर, १८ पुस (अाेएनएस) : नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले संविधान संशोधन विधेयक फिर्ता नलिए सरकारको आयु समाप्त हुने चेतावनी दिएका छन् । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष बिजुक्छेंले संशोधन बिधेयक नेपालीको चाहना विपरित भएकाले फिर्ता लिनुको विकल्प नरहेको बताए । ‘संशोधन बिधेयक नेपालीको चाहना अनुसार आएको होइन, छिमेकीको इशारामा आएको हो,’ अध्यक्ष ... Read More »

ट्रकको ठक्करबाट बृद्धको मृत्यु

accident

 नवलपरासी, १८ पुस (अाेएनएस) : नवलपरासीमा ट्रककाे ठक्करबाट एक बृद्धको मृत्यु  भएकाे छ । कुडियादेखि बेलाटारी तर्फ आउदै गरेको ना. ३ ख ४७४८ नम्बरको ट्रककाे  ठक्करबाट पैदलयात्री ६५ वर्षीय चन्दन पुरीकाे मृत्यु भएकाे हाे  । ठक्करबाट गम्भीर घाइते भएका पुरीकाे चितवन मेडिकल कलेज भरतपुरमा उपचारकाे क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वरप्रसाद उपाध्यायले बताए । ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय ... Read More »

बिनानिष्कर्ष टुंगियो तीन दलको बैठक

prachand–deuba–kp

काठमाडौं, १८ पुस (अाेएनएस) : राजनीतिक गतिरोध अन्त्यका लागि सहमति खोज्न भन्दै बसेको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । सोमबार सिंहदरबारमा बसेकाे बैठकमा सत्तापक्ष र प्रतिपक्षले पुरानै अडान दोहोर्याएपछि बैठक विना निष्कर्ष टुंगिएको हो । सत्तारुढ दलका नेताहरूले संशोधन प्रस्तावमा समर्थन गर्न आग्रह गर्दा एमालेका नेताहरुले भने फिर्ता लिन भनेका थिए । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन ... Read More »

बनभोजको बस पुलबाट खस्दा दुई विद्यार्थीको मृत्यु

accident

सर्लाही, १८ पुस (अाेएनएस) : नयाँ वर्षको अवसरमा बनभोजका लागि गएका विद्यार्थी सवार बस सर्लाहीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थी सवार ना ३ ख ७६६८ नम्बरको बस पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलाको पुलबाट खस्दा थप ५० भन्दा बढी घाइते भएका छन् । दुर्घटनामा सर्लाही परवानीपुर १ का रबिना बज्यु र ... Read More »

टर्कीमा फेरि आतंकवादी हमला, ३९ को मृत्यु

Turky

एजेन्सी, १८ पुस । टर्कीको इस्तानबुलस्थित एक चर्चित रात्रिक्लबमा नयाँ वर्ष मनाउँदै रमाइलो गरिरहेका व्यक्तिहरूलाई लक्षित गर्दै आतंककारीले आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ । मारिएकामध्ये १६ जना विदेशी रहेको प्रहरीले जानकारी दिएको छ । नयाँ वर्षको स्वागतमा रमाइलो गरिरहेका व्यक्तिहरूमाथि दुई आतंककारीले स्थानीय समयअनुसार राति एक बजे अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणकारीले एक प्रहरी र सर्वसाधारणलाई ... Read More »

विपक्षी सांसदलाई १० मिनेट उभ्याइन सभामुखले, संसद बैठक अाजै ४ बजे बस्ने

parliament-house-in-nepal

काठमाडौँ, १८ पुस (अाेएनएस) : संविधान संशोधन प्रस्ताव दर्ता भएपछि मंसिर १६ गते यता निरन्तर संसद अवरुद्ध पार्दै आएका प्रतिपक्षी दलहरूले सोमबार पनि त्यो प्रक्रिया जारी राखेका छन् । सोमबार संसद बैठक सुरु हुनु वितिक्कै  मालेकी सांसद कमला विश्वकर्माले  संशाेधन प्रस्ताव  फिर्ता नलिएसम्म सदन अवराेध जारी रहने बताइन् । सांसद विश्वकर्माले भनाइ राखिसकेपछि प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँमा उभिए । सभामुख ओनसरी ... Read More »

'
Scroll To Top