बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

Daily Archives: January 1, 2017

जनप्रदर्शनले राष्ट्रियताविरुद्धको षडयन्त्रलाई विफल पार्छ : ओली

kp-oli

काठमाडौं, १७ पुस (अाेएनएस) : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन पस्ताव फिर्ता लिन पुनः आग्रह गरेका छन् । सरकारले संशोधन विधेयक संसदमा टेबल गर्ने भनिएको अघिल्लो दिन आइतबार अपील जारी गर्दै अध्यक्ष ओलीले वर्तमान संकट समाधानको एउटै बाटो संशोधन विधेयक फिर्ता लिनु र मुलुकलाई निर्वाचनको दिशामा अगाडि बढाउनु रहेको बताएका ... Read More »

हिउँसँग सेल्फी

himpat–Chandragiri

काठमाडौँको चन्द्रागिरी डाँडामा हिउँ परेपछि  सेल्फी लिँदै युवायुवती । तस्बिर : गोकुल क्षेत्रीको फेसबुकबाट Read More »

राजधानीसहित देशभरी चिसो बढ्यो, चन्द्रागिरीमा हिउँ

himpat–Chandragiri

काठमाडौं, १७ पुस (अाेएनएस) : आइतबार राजधानीसहित मुलुकभर चिसो बढेको छ । भारतको जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राजधानीको चन्द्रागिरी डाँडामा हिउँ परेको छ, भने तराईमा बाक्लो कुहिरो लागेको छ । शनिबार सुदूरपश्चिम हुँदै देशभर फैलिएको बायुको प्रभाव सोमबारसम्म रहने  महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । महाशाखाका ... Read More »

संविधान संशोधनबारेको बहस भोलिलाई सर्यो

supreme-court-nepal

काठमाडौं, १७ पुस (अाेएनएस) : संविधान संशोधन विधेयकविरुद्ध सर्वाेच्च अदालत परेको रिटनिवेदनको बहस सोमबारका लागि सरेको छ । अधिवक्ता टिकाध्वज खड्काले दर्ता गरेको रिटनिवेदनमा आइतबार प्रधानन्यायाधीश सुशीला कार्की र इश्वर खतिवडाको इजलाशमा पेशी रहेको थियो । आइतबार निवेदक पक्षको बहस सकिए पनि विपक्षीको बहस बाँकी रहेकाले हेर्दाहेर्दै सोमबारलाई पेशी तोकिएको हो । सरकारले गत मंसिर १४ गते संशोधन प्रस्ताव संसद् सचिवालयमा ... Read More »

संशोधन विधेयक सोमबार टेबल हुन्छ : प्रवक्ता भुसाल

pampha bhusal

काठमाडौं, १७ पुस (अाेएनएस) : नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुसालले संसदको सोमबारको बैठकमा संविधान संशोधन विधेयक टेबल हुने बताएकी छन् । आइतबार राजधानीमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता भुसालले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहमतिका लागि आइतबार दिनभर छलफल भइरहेको र सहमति नभए प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी दिइन् । ‘प्रधानमन्त्री अहिले पनि मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा हुनुहुन्छ, त्यसैको ... Read More »

‘वेस्ट फिगर’ भएकी मोडललार्इ हेर्नुहाेस् ७ तस्बिरमा

Kelly Brook 4

काठमाडौं,  पुस (एजेन्सी)  : भर्खरै हलिउडमा एक मोडलको नग्न तस्बिर सार्वजनिक भएको छ । ती हुन् केली ब्रुक । तर, आफ्नो नग्न फोटो सार्वजनिक भएकोमा केलीलाई कुनै पछुतो नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केलीलाई ‘वेस्ट फिगर’ भएकी मोडलको रुपमा अर्थाइएको छ । युनिभर्सिटी अफ टेक्ससमा गरिएको एक अनुसन्धान अनुसार केलीको उचाई, तौल र कपालको लम्बाइ र अनुहारको आकारलाई आधार ... Read More »

संशोधन प्रस्ताव कसरी टेबल हुन्छ एमाले हेर्न आतुर छ : महासचिव पाेखरेल

ishwar pokhrel

काठमाडौं, १७ पुस (अाेएनएस) :  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संसदीय मर्यादा विपरित कुनै पनि प्रस्तावमाथि छलफल हुन नसक्ने बताएका छन् । राजधानीमा आइतबार भएको एक कार्यक्रममा महासचिव पोखरेलले संविधानको धारा २७४ को किटानी व्यवस्था रहेसम्म अहिलेको सिमांकन हेरफेर सम्बन्धि प्रस्तावमाथि संसदमा छलफल हुनै नसक्ने दाबी गरे । सरकारले सोमबार संसदमा संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिरहेको ... Read More »

नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा

4g

काठमाडौं,  पुस (अाेएनएस) : नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले फोर जी सेवाको सुरुवात गरेका हुन् । काठमाडौं उपत्यका र पोखराबाट सुरु भएको फोर जी सेवा सूचारु गर्न जीएसएम पोष्टपेड प्रयोगकर्ताले स्टार४४४ हृयास डायल गर्नुपर्नेछ । तत्कालका लागि एनटीसीको पोष्टपेड सेवामा ... Read More »

यसरी मनाइयाे नेपाली टोपी दिवस (फोटो फिचरसहित)

topi day 3

काठमाडौं, १७ पुस (अाेएनएस) : चौथों अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आइतबार मनाइएको छ । ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ भन्ने नाराका दिवसको अवसरमा जागरुक युवा अभियान नेपालले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । अंग्रेजी नयाँ बर्षलार्ई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भनेर टोपी दिवस मनाइएको कार्यक्रमका संयोजक घनश्याम श्रेष्ठले बताए । विगत ... Read More »

यातायात कार्यालय ठूलो भर्‍याङमा पनि खुल्यो, लाइसेन्स पनि पाइने

vehicle License

काठमाडौं, १७ पुस (अाेएनएस) : सरकारले काठमाडौंको ठूलो भर्‍याङबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणका लागि कार्यालय खोलेको छ । ठूलो ठूलो भर्‍याङस्थित कार्यालयको उद्घाटन आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गरे । कार्यालयबाट विद्युतीय सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट ड्राइभिङ लाइसेन्सको लागि फारम लिने, लिखित परीक्षा दिने लगायत सेवा दिइने यातायात व्यवस्था विभागले जनाएको छ । ललितपुरको एकान्तकुनामा रहेको ... Read More »

'
Scroll To Top