आरके ज्वलेर्सकाे बीस कराेडकाे गहना राष्ट्र बैंंकलार्इ बुझाइयाे

45
  •  
  •  
  •  

काठमाडौँ, ३० जेठ (ओएनएस) : गृहमन्त्री राम बहादुर थापा निर्देशनमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृहका सह–सचिव इश्वर पौडेल नेतृत्वको छानबिन टोलीले न्यूरोडमा रहेको आरके ज्वलेर्स लगायत गहना पसलमा छापा मारी बरामद गरिएको सुन, नगद तथा अन्य गहनाहरु राष्ट्र बैंकमा बुधबार बुझाएको छ।

करिब २० करोड रुपैयाँ बराबरको धनमाल बुधबार राष्ट्रबैकमा बुझाइएको हो। सोमबार समितिले राजेन्द्रकुमार शाक्यद्वारा सञ्चालित तीन वटा सुन पसलमा छापा हानी सबै सुन, गहना र नगद जफत गरेको हो। तीनै वटा पसलमा शिलबन्दी समेत गरिएको छ।

संगठित अपराधको अनुसन्धानका लागि शाक्यको सम्पती जफत गरिएको हो। अदालतकै अनुमतीमा सम्पती जफत गरिएको समितिले जनाएको छ।

समितिले सुन तस्करी प्रकरणका अभियुक्तहरु मोहन अग्रवालको घरमा तथा चेतन भण्डारीको रेष्टुरेन्टमा छापा हानेर शिलबन्दी गरिसकेको छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here