दुई किलो सुनसहित चार जना पक्राउ

16
  •  
  •  
  •  

सिराहा, २८ पुस(ओएनएस) : सिराहाबाट दुई किलो सुनसहित चार जना पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिको सीमामा रहेको घुर्मीखोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले सुन बरामत गरेको हो ।

शनिबार बिहान एसपी सोमबहादुर गुरुङको टोलीले भारतीय नम्बरप्लेटको स्कारपियोसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेकालाई शनिबार नै पत्रकार सम्मेलन गरेर यसबारे थप विवरण सार्वजनिक गर्दैछ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here