सिरहामा नगद लुटपाट गरेको अभियोगमा दुई युवती पक्राउ

64
  •  
  •  
  •  

काठमाडौं,२५ साउन (ओएनएस) :सिरहामा नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई युवतीलार्इ पक्राउ गरेकाे छ। प्रकाउ पर्नेमा लहान नगरपालिका–३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहर रहेका छन्। उनीहरुले कर्जन्हा नगरपालिका–११ बस्ने रामकुमार यादवबाट १ लाख लुटेका थिए ।

यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा एउटै म्याजिकमा सवार उनीहरुले धनगढीमाई नगरपालिका–१० स्थित धनगढी बजारमा पुग्दा उक्त नगद लुटपाट गरेका थिए । प्रहरीले उनीहरु लार्इ बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई फेला पारी जाँच गर्दा फुलकुमारीले बोकेको झोलाबाट उक्त लुटिएको रकम बरामद भएको थियो ।


  •  
  •  
  •