१२ वर्षीया बालिका बलात्कृत

80
  •  
  •  
  •  

काठमाडौं , ७ असाेज (ओएनएस) : सुनसरीमा १२ वर्षीया एक बालिका बलात्कृत भएकी छन्। धरान उपमहानगरपालिका–११ स्थित सामुदायिक वनमा शनिबार साँझ नाम परिवर्तन हरिसरा बलात्कृत भएकी हुन्।

स्थानीय शेर्पा संघको वन घेरिएको कम्पाउण्डभित्र साँझ साढे ६ बजे बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोही वडाको सगरमाथा टोलमा बस्ने दुर्गाबहादुर बिकलाई पक्राउ गरेको छ ।

भोजपुर घोडेटारस्थित रानीबास घर भएका बिकलाई पीडित परिवारको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •