करिश्मा सम्बन्ध विच्छेदको बाटोमा

1245
  •  
  •  
  •  

काठमाडौं, एजेन्सी । मुम्बई : बलिउड अभिनेत्री करिश्मा कपुर र उद्योगपति सञ्जय कपुरबीचको वैवाहिक सम्बन्ध अब विच्छेद हुने भएको छ। दुई वर्षदेखि अलग बस्दै आएका उनीहरू अब औपचारिक रूपमा सम्बन्धविच्छेद गर्न सहमत भएको स्रोतले जनाएको छ।
सम्बन्धविच्छेद गर्ने मनस्थितिमा पुगेकी करिश्मा यसको प्रक्रियाका लागि मुम्बईको बान्द्रास्थित अदालत पुगेकी छन्।
दुई वर्षदेखि आफ्नी आमासँग बस्दै आएकी करिश्माको सम्बन्धविच्छेद हुने अनुमान भने गरिएको थिएन। एक साताअघि सञ्जयले सन्तान प्राप्तिको लागि अदालतको ढोका ढकढक्याएपछि उनीहरूको सम्बन्धको चर्चा चुलिएको हो।

करिश्माका नजिकका साथीका अनुसार उनले आफ्नो बालबच्चालाई पालनपोषण गर्ने अधिकार पति सञ्जयलाई नै दिएका छन्। सञ्जय र करिश्माको विवाह सन् २००३ मा भएको थियो। उनीहरूका नौ वर्षीया छोरी र चार वर्षका छोरा छन्। सञ्जयको सम्बन्ध अहिले अर्का व्यापारीकी पूर्वपत्नीसँग रहेको चर्चा चलेको छ।


  •  
  •  
  •