ब्राजिलको राष्ट्रपतीय निवार्चनमा बाल्सोनासो विजयी

42
  •  
  •  
  •  

काठमाडौं,१२ कार्तिक (एजेन्सी) : ब्राजिलको राष्ट्रपतीय निवार्चनमा जेयर बाल्सोनासो विजयी भएका छन् । बाल्सोनासो एक अनुदारवादी नेतका रुपमा चिनिने गरेका छन्। करिब सबै मतगणनाको काम सकिसकेको अवस्थामा बोल्सनारोले ५५ प्रतिशत मत प्राप्त गरेका छन् । वामपन्थी उम्मेदवार फर्नान्डो हडाडले ४५ प्रतिशत मत पाएका छन् ।

बोल्सोनारोका समर्थकहरुले भने यो जितले आगामी दिनमा ब्राजिल थप सुरक्षित हुने बताउँदै आएका छन् । बोल्सोनारोले आगामी जनवरी १ मा शपथ ग्रहण गर्नेछन् ।

विपक्षीहरुले भने बोल्सोनारोको जितले ब्राजिलकाको प्रजातन्त्र समस्यामा पर्नसक्ने बताउँदै आएका छन् । बोल्सोनारोले भने निवाचनमा जित हासिल गरेसँगै आगामी दिनमा ब्राजिलको संविधान, प्रजातन्त्र र स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।


  •  
  •  
  •